सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

न्यून मूल्यांकन गरेर सवा ४ करोड राजस्व छलीको अभियोग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
न्यून मूल्यांकन गरेर सवा ४ करोड राजस्व छलीको अभियोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / दुई महिनाअघि वीरगन्ज भन्सारबाट छुटाइएको व्यापारिक सामानमा ४ करोड ३८ लाख राजस्व छलिएको राजस्व अनुसन्धान विभागले बताएको छ । ब्रान्डेड जुत्ता, टिसर्टलगायत वस्तुको न्यून मूल्यांकन गराएर रुट्स फेसन प्रालिले आयात गरेको भन्दै व्यापारिक वस्तु बोकेका तीन कन्टेनर हेटौंडाबाट नियन्त्रणमा लिइएको थियो ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर ती कन्टेनरलाई विभागमा बुझाएको छ । भन्सार मूल्यांकन सूचीभन्दा फरक मूल्य घोषणा गरेर कम्पनीले व्यापारिक सामान आयात गरेको विभागको निष्कर्ष छ । प्रज्ञापनपत्र नम्बर एम ५४६३४ बाट आयात गरिएका जुत्ताको प्रतिजोर मूल्यांकन ४५ अमेरिकी डलर हुनुपर्नेमा १५ देखि २० डलर मात्र राखिएको विभागले जनाएको छ । विभागले राजस्व चुहावट नियन्त्रण ऐनअनुसार बिगो २ करोड १८ लाख र बिगोबमोजिमको शतप्रतिशत जरिवाना बराबरको रकम दाबी गरेको हो ।

विभागका महानिर्देशक नवराज ढुंगानाले बिगो र बिगो अनुसारको जरिवानाबापत मंगलबार ४ करोड ३६ लाख बराबर धरौटी माग गर्ने आदेश गरेका छन् । अनुसन्धान अधिकृतले गरेको विस्तृत अनुसन्धानका आधारमा तयार गरेको अन्तिम प्रतिवेदनबमोजिम महानिर्देशक ढुंगानले धरौटी माग गर्ने र उच्च अदालतमा मुद्दा दायर गर्ने आदेश गरेका हुन् ।

महानिर्देशकको आदेशबमोजिम रुट्स फेसनले विभागको मागअनुसारको धरौटीका लागि बैंक ग्यारेन्टी मंगलबार नै उपलब्ध गराएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जनाए । ‘मागबमोजिमको धरौटी रकम बापतको बैंक ग्यारेन्टी रकम प्राप्त भएकाले थप अनुसन्धानपछि मुद्दा उच्च अदालतमा दायर हुनेछ,’ उनले भने । धरौटी रकमको बैंक ग्यारेन्टी नबुझाए आयातकर्तालाई नै थुनामा लैजानुपर्ने कानुनी व्यवस्था छ ।

विभागका अनुसार रुट्स फेसनले ४ लाख ८८ हजार डलर अर्थात् करिब ६ करोड ३४ लाख बराबरका सामान आयात गरेको थियो । उक्त सामानको भन्सार मूल्यांकनअनुसार वीरगन्ज भन्सारमा रुट्सले २ करोड ९४ लाख राजस्व तिरेको थियो । आयातकर्ताले गरेको सामानको परिणाममा फरक नपरे पनि न्यून मूल्यांकन देखिएको विभागको दाबी छ । राजस्व छलीको शंकामा सशस्त्रले गत वैशाख ३० मा कन्टेनर राजस्व अनुसन्धानमा बुझाएको थियो ।

आयातकर्ता फर्म रुट्स फेसनले भने आफूले एलसी खालेर ल्याएको सामान भएकाले मूल्यमा फरक नपर्ने दाबी गर्दै आएको छ । एलसी खोलेको मूल्य र भन्सारको किताब मूल्यांकन फरक परेपछि अनुसन्धान प्रक्रिया सुरु गरिएको थियो । राजस्वले सशस्त्रले बुझाएका तीन वटाबाहेक एउटै प्रज्ञापनपत्रमा जोडिएको भन्दै रुट्सको गोदामबाट थप एउटा कन्टेनर पनि ल्याएको थियो ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

१८ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक