शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

बजारमा जुम्ली स्याउको माग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बजारमा जुम्ली स्याउको माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जुम्ला । बजारमा जुम्ली स्याउको माग बढेसँगै जिल्लामा स्याउ खेती विस्तार भइरहेको छ।

जिल्ला कृषि विकास कार्यालयले २०६४ सालमा ‘एक घर एक स्याउ बगैँचा’ अवधारणा ल्याएपछि जिल्लाका प्रायः सबै घरमा स्याउ बगैँचा र स्याउ रोप्ने कार्य अघि बढेको थियो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदान दिने कार्यनीतिले स्याउ खेती विस्तार हुँदै गएको हो।

आर्थिक वर्ष २०७३/७४ सालदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई स्याउ बगैँचा विस्तारका लागि बिरुवामा अनुदान, कृषि सामग्री अनुदान तथा क्षमता विकास कार्यक्रम गर्न थालेपछि स्याउ खेती विस्तारमा थप सहयोग पुगेको छ। यस अभियानले कृषि विकास कार्यालयलाई सघाउसमेत पुगेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्क अनुसार जुम्लामा ४२ हजार २५० हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको छ। जसमा उच्च घनत्वका बिरुवा पनि लगाउन थालिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयका प्रमुख खेमराज शाहीका अनुसार ३३५.७५ हेक्टर जमिनमा यस कार्यक्रम अन्तर्गत स्याउ खेती बढाइएको छ। यसै गरी ६५ हेक्टर जुम्लाको जमिनमा ओखर खेती विस्तार गरिएको छ। नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत गुठीचौर एग्रो फर्ममा मात्रै ४६ लाख ९९ हजार ४५० रुपियाँ अनुदान सहयोगसमेत भएको छ। शाहीका अनुसार २५ लाख बिरुवामा अनुदान तथा २१ लाख ९९ हजार रुपियाँ सिँचाइ र घेराबारमा अनुदान दिइएको छ।

गुठीचौर एग्रो फर्ममा जलजला, धपडा र काडा खोला स्थानमा सञ्चालन गरिएको गुठीचौर एग्रो फर्ममा किसान भण्डारीको नेतृत्वमा ३५ हजार बिरुवा रोपेर नेपालकै ठुलो बगैँचा स्थापना भएको छ। भण्डारीले एकै स्थानमा २८ हजार स्याउ बिरुवा रोपिएको जानकारी दिनुभयो। बगैँचामा फुजी, किङरङ र गोल्डेन जातको स्याउ रोपिएको छ। किसान भण्डारीले गत वर्ष ८० टन स्याउ उत्पादन भएको र यस वर्ष दुई सय टन स्याउ फल्ने अनुमान रहेको छ। जुम्ला गुठीचौर गाउँपालिकाका किसान मीनबहादुर भण्डारीजस्तै धेरै किसानले अहिले स्याउबाटै आर्थिक समृद्धिको भविष्य देखेका छन्। जुम्लाको चन्दननाथ नगरपालिका आखे कृषि पर्यटन तथा अनुसन्धान उद्योगले तीन हजार पाँच सय स्याउ बिरुवा रोपेको छ। किसान सरोज शाहीका अनुसार बगैँचाबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ४५० बिरुवा ५० प्रतिशत अनुदान दिइएको र १० लाख ५० हजार अनुदानमा स्याउ ग्रेडिङ मेसिन प्रदान गरिएको छ।

गुठीचौर गाउँपालिका–३ तल्लो गुठीचौरमा किसान टङ्क गिरी २२ हेक्टर जमिनमा १४ हजार स्याउ बिरुवा रोपेर व्यावसायिक कृषि व्यवसायमा लाग्नुभएको छ। उहाँले दुई हजार दुई सय हेक्टर जमिनमा घेराबार गरेर स्याउ लगाउनुभएको हो। हिमाली टी एन्ड एग्रो प्रालिको नाममा सुरुवात गरिएको उक्त बगैँचाका किसान गिरीको बगैँचामा २४ लाख ४९ हजार रुपियाँ अनुदान प्राप्त गरिएको सुपरजोन कार्यालयले जानकारी दिएको छ।

कालिकोटमा तिलागुफा नगरपालिका–३, चुलीकर्णाली एग्रो प्रालीले फोइगाउँमा ७६ हजार तीन सय वर्गमिटर तथा १५० रोपनी जग्गा क्षेत्रफलमा २० हजार बिरुवाको स्याउ बगैँचा स्थापना गरेको छ। सो बगैँचामा स्याउ सुपरजोन कार्यालयले पाँच हजार बिरुवा फुजी स्याउ अनुदान उपलब्ध गराइएको छ। जुम्लामा मात्रै यो वर्ष १९ हजार दुई सय बिरुवा अनुदान दिइएको सुपरजोन कार्यालयले जनाएको छ। प्रालिका सञ्चालक नवीन हमालका अनुसार ७० लाख लगानी भएको छ। गुठीचौर गाउँपालिका–५ मा पनि दुई हजार आठ सय बिरुवा रोपिएको सामुदायिक बगैँचा स्थापना गरिएको छ। स्थानीय धर्म भण्डारीका अनुसार सामूहिक रूपमा सो बगैँचाको स्थापना गरिएको हो। सामुदायिक बगैँचाको जग्गा ४० जना किसानको रहेको छ। सो बगैँचामा पनि सरकारले लगानी सुरु गरेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्लाले सो बगैँचामा एक हजार पाँच सय बिरुवाको ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ। स्याउले पछिल्लो जिल्लाका नाङ्गा डाँडापाखा रोपिँदै आउन थालेका छन्। जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा आर्थिक वर्ष २०७९/८० मा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जनाइएको छ।

यो पनि पढ्नुहोस्

तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

४ दिन अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक