बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साँझमा रमाइलो गर्न निस्कँदा मध्यरातमा तनाव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
चिसो ह्वात्तै बढेपछि  प्रहरी चौकी स्थानान्तरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सम्साँझै क्लवमा गएर रमाइलो गर्ने उद्देश्यले निस्केको एउटा समूह आफू-आफूबीचको असमझदारीकै कारण तनाव सृजना हुँदा प्रहरी हैरानीमा परेको खबर छ ।

आफूलाई पिडीत दावी गर्नेहरुकै अनुसार मंगलबार बेलुकी युवायुवतीको समूह परिवारकै स्वीकृतीमा रात्री क्लवमा रमाइलो गर्न निस्कन्छन् । क्लवमा पिय पदार्थको मूल्य महंगो पर्ने भएकाले उनीहरु हल्का ‘मापसे’ गर्न सुनधारास्थित पोखरा लाईनको रारा गेष्ट हाउसमा छिर्छन् ।

होटलमा हल्का ‘मापसे’ गरी क्लवमा जाने उनीहरुबीच सहमती हुन्छ । आफूआफू मिलेरै रमाइलो गर्न निस्केका दुई युवती र दुई युवकको समूहले रारा गेष्ट हाउसको माथिल्लो तलामा रहेको कोठामा मापसे गर्छन्, कोठाभित्रै आफू-आफू हल्काफुल्का गाउने र नाच्ने पनि गर्छन् । त्यहीबीच युवकले एक युवतीमाथि नाच्ने क्रममा ‘मिस बिहेव’ गरेको आरोप लाग्छ । श्रीमानकै सल्लाहमा क्लव जान हिँडेकी भनिएकी कैलालीतिर घर भई बुद्धनगर बस्ने शाही थरकी युवतीले आफूमाथि ‘मिस बिहेव’ भएको जानकारी श्रीमानलाई मोवाइलमा कल गरेर जानकारी गराउँछिन् ।

उनी नाच्न छाडेर रिसाउँदै तल झर्छिन् र होटल सञ्चालकलाई आफूसँग जाने पुरुषलाई बाहिर निस्कन नदिन भन्दै होटल परिसरमै रोक्न निर्देशन दिन्छीन् र भन्छीन, ‘पुलीसलाई खबर भइसक्यो ।’ तर, ती युवतीको निर्देशन होटल सञ्चालकले टेर्दैनन् । टेरुन पनि किन ? मध्यरातको एक बजे प्रहरी होटलमा आएको खण्डमा प्रहरीको तिर होटलवालातिरै सोझिन सक्छ । सायद त्यही ठानेर होला, होटलवालाले ती पुरुषलाई रोकछेक गर्दैनन्, पुरुष सरासर बाहिरीन्छन् । बरु, त्यसैबेला आफूमाथि होटल सञ्चालकले के के भनेर मुख छाडेको आरोप ती युवतीले लगाएकी छिन् ।

त्यसै क्रममा आफ्नो एकतोलामा दुई लाल कमको मंगलसुत्र होटल सञ्चालकले हात हाल्ने क्रममा हराएको दावी सहित कारवाहीका साथै आफ्नो समानको क्षतीपूर्ति दिलाई भराई दिन प्रहरी वृत्त, जनसेवामा निवेदन सहित पुगेको अवस्था छ । उता, प्रहरीले होटल सञ्चालकलाई डाकेर घट्ना बारे बुझ्दा उल्टै युवतीमाथि दोषारोपण गरिएको र आफ्ना तर्फबाट कुनै हातपात नभएको भन्दै दावीकै कुरा गर्ने हो भने आफ्नो पनि सिक्री हराएको भन्दै निवेदन हाल्ने बताइरहेको अवस्था छ । होटलबाट प्रहरीले प्राप्त गरेको सिसिटीभीमा हातपात भएको वा मंगलसुत्र लगाएर गए नगएको अवस्था देखिन्न ।

प्रहरी यहीनेर अलमलमा परीरहेको छ । होटल व्यवसायीको समूह नै प्रहरी वृत्त, जनसेवा पुगेर समान्य विषयलाई चर्काएर विवादीत तुल्याउने हो भने आफूहरु पनि अघि बढ्ने चनौति दिएका छन् भने आफूलाई पिडीत दावी गर्ने युवतीको समूहले नेकपा विप्लवको धम्की र दबाब दिन थालेको अवस्था छ । जनसेवा प्रहरी दुवैतर्फको चेपुवामा पर्दा प्रहरी चौकीमा भिडभाड र तनाव मात्रै सिर्जना भइरहेको अवस्था छ ।

यो पनि पढ्नुहोस्

बलात्कार गरेकाे आरोपमा पक्राउ

जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी

१ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

राहदानी छपाइमा अनियमिततामा थप दुई पक्राउ

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक