आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चौतारी, पोखरी र वर, पीपल संरक्षण गर्दै जैमिनी नगरपालिका

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चौतारी, पोखरी र वर, पीपल संरक्षण गर्दै जैमिनी नगरपालिका
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बलेवा । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले पौराणिक पोखरी र वर, पीपल संरक्षण अभियान थाल्ने भएको छ । पानीका मुहान तथा वातावरणका लागि चौतारी, पोखरी र वर, पीपलको महत्वपूर्ण भूमिका हुने जनाउँदै नगरले अभियान थाल्ने भएको हो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले नगर क्षेत्रभित्र रहेका पौराणिक पोखरी संरक्षण, वर, पीपल चौतारी संरक्षण, वर, पीपल रोप्ने कार्यलाई प्रश्रय दिने र विश्रामस्थल निर्माण गर्न अभिप्रेरित गर्ने नीति अवलम्बन गरिने बताउनुभयो ।

“सबै वडा, टोल र बस्ती सफा र सुन्दर बनाउने अभियानमा जुट्न नगरवासीलाई प्रोत्साहन गरिनेछ । यस कार्यलाई प्रतिस्पर्धी बनाई पुरस्कृत गर्ने नीति अवलम्वन गरिनेछ । वन क्षेत्रबाट हुने अवैध चोरी निकासीलाई बन्देज गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ ।

सडक निर्माण, भवन निर्माणलगायतका सार्वजनिक संरचना निर्माण गर्दा पौराणिक चौतारी, पोखरी र वर, पीपलका रुख अतिक्रमण हुने गरेका थिए । भएकालाई जोगाउने र नभएको ठाउँमा बनाउनका लागि प्रोत्साहन गर्ने नीति जैमिनीले बनाएको हो ।

नगरले ऐतिहासिक स्थल र प्राचीन सम्पदाको संरक्षण र सम्वर्द्धन थाल्ने भएको छ । धार्मिक तथा ऐतिहासिक महत्वका देवालय, ऐतिहासिक स्थल र प्राचीन सम्पदाको मर्मतसम्हार गरेर संरक्षण र सम्बर्धनमा विशेष ध्यान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

“प्रसिद्ध जैमिनी धाम, थन्थापीमाई मन्दिर, गाजाको दह क्षेत्र, हाडिकोट क्षेत्र, पुरानो गाउँ क्षेत्र, हात्तिढुङ्गा, पुतली गरा छिस्ती, कमल जैसी मन्दिर, शिवपुरी, राधाकृष्ण मन्दिर, शालिग्राम संरक्षित क्षेत्र गाईथुने, देवी मन्दिर चोखेक, सती मन्दिर जैदी, रिठे डाँडा, कोट, मर्नास टाँपु, नागढुङ्गा र जनै मन्तर्नी पोखरीजस्ता आस्थाका प्रसिद्ध धरोहर एवं कालापातल राङखानीलगायतका खानी निर्मित सुरुङ जस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र सम्वद्र्धनमा विशेष ध्यान दिइनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ ।

ऐतिहासिक धरोधरको संरक्षण र प्रचारप्रसारले नगरको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नगर उपप्रमुख हरिहर शर्माले बताउनुभयो । जैमिनी नगरपालिकाभित्र रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक महत्व झल्कने ‘जैमिनी सांस्कृतिक गान’को निर्माण गरी प्रचारप्रसार गरिने नगरपालिकाले जनाएको छ ।

नगरक्षेत्रमा स्थापित एवम् प्रदेशस्तरमा समेत पहिचान बनाउन सफल भजन समूह एवम् रत्यौली, लोकदोहोरी, सालैजो, सोरठी, मारुनी र घाटु तथा जैमिनी मेला, माघेसङ्क्रान्ती मेला, गाजादह मेला, वैठकुण्ठ चर्तुदर्शी मेला, ठूली एकादशी मेला, हाडिकोट मेला र पुरानो गाउँ मेलालगायतका धार्मिक, सामाजिक तथा सांस्कृतिक मेला पर्व तथा महोत्सवलाई थप व्यवस्थित एवम् प्रोत्साहन गर्ने नीति अङ्गीकार गर्ने नीतिमा उल्लेख छ । रासस

यो पनि पढ्नुहोस्

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

११ घण्टा अगाडि
सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक