आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

विदेशीलाई नेपाली नागरिकता दिने बाटोमा सरकार अग्रसर : प्रेम सुवाल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मिटरब्याज पीडितको समस्या दशकौँ पुरानो : प्रेम सुवाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण लगाउने मन्त्रिपरिषदको सिफारिस तत्काल फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन्।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको सो विधेयक संवैधानिक र कानुनी हिसाबले प्रधानमन्त्री दाहालले प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्न नमिल्ने भएकाले त्यसलाई तत्काल फिर्ता लिन आग्रह गरेका हुन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सुवालले विदेशीलाई नेपाली नागरिकता दिने बाटोमा सरकार अग्रसर भएको जिकिर गर्दै पछि हट्न आग्रह गरे।

‘नेपालीलाई नेपाली नागरिकता दिनुपर्छ। तर, विदेशीलाई दिनु हुँदैन। ०६३ साल यता सार्वजनिक सर्जिमन गराई विदेशीलाई जन्मको आधारमा दिइएको नेपाली नागरिकता खारेज गर्नु पर्छ। जन्मको आधारमा विदेशी नेपाली भएकाका छोराछोरीहरूलाई वंशजको आधारमा नेपाली नागरिकता दिनु उचित होइन। यो नेपाललाई सिक्किमजस्तै बनाउने हो। र, शासकहरू लेन्डुपजस्तै हुने बाटो हो। यो देशद्रोही बाटोबाट सरकार पछि हट्नु जरूरी छ। अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गर्नु भएको नागरिकता विधेयकलाई निर्वाचनपछि गठन भएको सरकारले नयाँ संसदलाई छलेर मन्त्रिपरिषदबाट पारित गराई नयाँ राष्ट्रपतिलाई प्रमाणीकरण गराउन अनुरोध गर्ने संवैधानिक र कानुनी व्यवस्था छैन,’ सांसद सुवालले भने, ‘प्रधानमन्त्रीजीको त्यो अनुरोध फिर्ता हुन जरूरी छ। र, संसदमा नागरिकता विधेयक ल्याउन जरूरी छ।’

सांसद सुवालले नेपालको भूराजनीतिका कारण पनि गैर आवासीय नेपालीहरूलाई नागरिकता दिने व्यवस्था उपयुक्त नभएको बताए।

‘गैर आवासीय नेपालीको अर्थ नेपालको नागरिकता त्यागेर विदेशी नागरिकता लिएकाहरू हुन। नेपालको भूराजनीति अनुसार गैर आवासीय नेपालीलाई गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था तत्काललाई उपयुक्त छैन,’ उनले भने।

यो पनि पढ्नुहोस्

आज कोजाग्रत पूर्णिमा

आज लक्ष्मी पूजा

४ मिनेट अगाडि
नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक