आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल र भारतबीच स्थलमार्गजस्तै आकाशमार्ग खुला हुनुपर्छ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल र भारतबीच स्थलमार्गजस्तै आकाशमार्ग खुला हुनुपर्छ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल र भारतबीच स्थलमार्गजस्तै आकाशमार्ग पनि खुला हुनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले नेपाल र भारतका बीच जमिनजस्तै आकाश किन खुला नहुने भनी प्रश्न गरे ।

 

‘नेपाल र भारतको सीमा खुला भएको कारणले धरतीबाट खुला अवातजावत छ भने त्यो सीमा भन्दा माथिको आकाश कसरी प्रतिबन्धित हुन्छ ?’ निधिले प्रश्न गरे, ‘जुन देशको बीचमा धरती खुला हुन्छ त्यो देशको बीचमा आकाश के निषेधित हुन्छ र, बन्द हुन्छ र ? खुला हुँदैन र ?’

नेपालले भैरहवा र पोखरा विमानस्थलका लागि सजिलो हुने गरी भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट हाइ अल्टिच्युडमा हवाइ रुट माग गरिरहेको छ, तर भारतले दिन अस्वीकार गरेको छ ।

नेता निधिले हवाइ रुटका लागि नेपालले गम्भीर भएर भारतलाई विश्वासमा लिनुपर्ने पनि बताए । ‘जसरी रक्सौलको, वीरगञ्जको, जनकपुरको, विराटनगरको, काकडभिट्टाको सीमाबाट आवातजावत खुला छ । हामीले बन्द गरेका छैनौं’, ‘आकाशका लागि ९हवाइ रुटका लागि० पनि सेक्युरिटी राख्दा भयो, तर बन्द गर्नुभएन । यो कुरा हामीले भारतलाई किन कन्भिन्स गर्न सकिरहेका छैनौं । के अप्ठ्यारो पर्‍यो हामीलाई रु’ उनले प्रश्न गरे ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो कोणबाट छलफल भयो कि भएन भन्ने उनले प्रश्न गरे । नेता निधिले जनकपुरबाट भारतको अयोध्यासम्म सिधा हवाइ उडान सुरु गर्ने विषयमा के काम भइरहेको छ भन्ने प्रश्न पनि गरे । जनकपुर विमानस्थलका कर्मचारीले जनकपुर अयोध्या हवाइ यात्राबारे के काम भइरहेको छ भनेर सोध्दा आफू नाजवाफ हुने गरेको निधिले बताए ।

सरकारले भैरहवा, नेपालगञ्ज, महेन्द्रनगरबाट हवाइ रुट मागेको तर जनकपुरबाट मागेको छ कि छैन भन्ने जिज्ञासा पनि उनले राखे । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल गर्न बैठक राखेको थियो । बैठकमा परराष्ट्रमन्त्री एनपी साउद पनि सहभागी थिए । तर उनले आफ्नै पार्टीका सांसद निधिले उठाएको प्रश्नको जवाफ दिइरहन आवश्यक ठानेनन् ।

‘भारतले अग्लो बाँध बनाउँदा नेपालमा डुबान’

कांग्रेस नेता निधिले भारतले सडक बनाउँदा जमिन भन्दा अग्लो बनाएका कारण वर्षायाममा नेपाली भूमि डुबानमा परेको बताएका छन् । तर नेपाल र भारतबीच डुबानको समस्याबारे गम्भीर कुराकानी नभएको उनको भनाइ छ ।

‘नाउँ रोड हो तर, त्यो एक किसिमको बाँध हो’ उनी भन्छन् ‘त्यो बाँधले गर्दा समस्या भएको छ ।’ पानीको प्राकृतिक बहावको व्यवस्थापनका बारेमा दुई देशका बीचमा गम्भीर छलफल हुन नक्दा मधेशका अधिकांश जिल्लाले डुबानको समस्या भोग्नुपरिराखेको निधिको भनाइ छ ।

नेपाल र भारतबीच सीमा क्षेत्रमा कुनै पनि संरचना बनाउँदा एकअर्काको सहमति लिनुपर्ने भए पनि भारतले नेपालसँग सहमति नलिएर सडक बनाउने गरेको निधिले बताए । ‘यस्ता विषयहरु नेपालले किन उठाइरहेको छैन रु’ उनले प्रश्न गरे ।

नेपालमा भने पूर्वाधार निर्माणमा भारतले अवरोध गर्ने गरेको निधिले गुनासो गरे । ‘धनुषा जिल्लामा कति पुल त मैले शिलान्यास गरेर आएको छु, मुख्यमन्त्रीले गर्नुभएको छ । सडक डिभिजनका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग सोध्दा भारतको बोर्डर सेक्युरिटीले रोकिदिएको जवाफ पाउने गरेका छौं’ निधिले भने ।

यो विषय परराष्ट्र मन्त्रालय र सडक विभागमा जानकारी गराएको, भारतीय दूतावास र भारत सरकारका प्रतिनिधिसँग भेट हुँदा उठाउने गरेको तर सुनुवाइ नभएको उनले बताए । ‘‘कहिलेकाहीँ एम्बेसी, भारतीय सरकारसँग कुरा हुँदा हामी कुरा राख्छौं भनेर नोट गर्छन् तर, कहिल्यै सिरयस कुरा उठिरहेको छैन, हुँदैन’ निधिले भने ।

धनुषा र महोत्तरीमा १० वर्षअघि ठेक्का लागेका करिब १० वटा पुल भारतले सहमति नदिँदा निर्माण हुन नसकेको निधिले बताए । ‘यो विषयमा सम्बन्धित मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ कि छैन रु’ निधिले सोधे ।

यो पनि पढ्नुहोस्

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

३ घण्टा अगाडि
त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक