शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अदालत

महोत्तरीमा निर्माण गर्न लागेको मेडिकल कलेज निर्माणको बाटो खुला

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले महोत्तरीको बर्दिवासमा निर्माण गर्न लागेको मेडिकल कलेज निर्माणको बाटो खुला भएको छ।  सर्वोच्च अदालतले  बर्दिवासमा निर्माण गर्न लागेको मेडिकल कलेज निर्माणको बाटो खुला गरेको हो।सर्वोच्चले वन क्षेत्र बिनास गर्दै सरकारले उक्त क्षेत्रमा १०० शथ्याको मेडिकल कलेज निर्माण गर्न लागेको र उक्त कार्य रोक्न माग गर्दे दायर गरेको रिटलाई खारेज गर्दै सात बुँदे निर्देशनात्मक आदेश पनि जारी गरेको छ।

न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको इजलासले उक्त क्षेत्रमा मेडिकल कलेजज बनाउने सरकारको निर्णय र गरिएको वातावरण प्रभाव मुल्याकन (ईआईए) कानुन सम्वत भएको भन्दै  मेडिकल कलेज निर्माण गर्दा केही शर्त पालना गर्न भनेको छ।

सर्वोच्चले जेठ २९ गते फैसला सुनाउदै सर्वोच्चले सरकारले सातै प्रदेशमा मेडिकल कलेज विस्तार गर्ने लक्ष्य अनुसार उक्त क्षेत्रमा सुरु गरेको काम अघि बढाउने बाटो खुलेको हो। धनुषाका देवनारायण मण्डलले प्रधानमन्त्री कार्यालय, संस्कृती ,पर्यटन तथा नागरिक उड्यन मन्त्रालय,वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेशको मुख्यमन्त्रीको कार्यालय र वन तथा भू संरक्षण विभागलाई विपक्षी बनाएर दायर गरेको रिटमा मेडिकल कलेज पनि जनताको आवश्यकता भएको भन्दै यस्तो फैसला सुनाएको हो।

सर्वोच्चले फैसलाको पूर्णपाठ हालैमात्र जारी गरेको छ। यो पूर्णपाठसगै उक्त क्षेत्रमा अव मेडिकल कलेज निर्माण गर्ने कार्य सरकारले तत्काल अघि बढाउन सक्ने देखिएको छ। सरकारले २०७३/७४को बजेट मार्फत सातै प्रदेशमा मेडिकल कलेज खोल्ने योजना अघि सारेको थियो।  २०७३ असार २७ गते जग्गा खोजिका लागि समिति गठन गरेको थियो।  त्यसपछि २०७५ फागुन ३ गते मन्त्रिपरिषदको निर्णयबाट अस्थायी दरबन्दी र पूर्वाधार निर्माण विकास आयोजनाको स्वीकृती भई २०७६ वैशाख १८ गतेबाट बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माण विकास आयोजना सुरु भएको थियो। २०७६ माघ ८ गते प्रस्तावित जग्गाको विस्तृत सर्वेक्षण सहितको गुरुयोजना शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भएको थियो।

‘बर्दिवास क्षेत्रमा मेडिकल कलेज निर्माण गर्ने नेपाल सरकारको प्रस्तावित योजना रहे अनुरूप उपयुक्त जग्गा खोजि गर्ने र प्रस्तावित जग्गामा मेडिकल कलेज निर्माण गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने वा नपर्ने सम्बन्धमा अध्ययन भई वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइ स्वीकृत समेत भएको देखिएको छ ’ फैसलाको पुर्णपाठमा भनिएको छ’, ‘उक्त वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन निवेदकले जिकिर लिए जस्तो वदनियतपूर्ण र त्रुटिपूर्ण रहेको नदेखिएको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत हुँदा पनि निशर्त स्वीकृत भएको नदेखिई विभिन्न शर्तसहित स्वीकृत भएको देखिएको, ती शर्तहरु वातावरणीय प्रभावहरुलाई थप न्यून तुल्याउने तर्फ उन्मुख रहेको देखिएको छ।’

वन ऐन, २०७६ को दफा ४२ मा उल्लेख भए अनुसार राष्ट्रिय प्राथमिकत प्राप्त योजना वन क्षेत्रमा पनि सञ्चालन हुन सक्ने गरी कानूनी व्यवस्था भइरहेको देखिएको, बर्दिवासमा प्रस्तावित मेडिकल कलेज पनि राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको रुपमा स्वीकृत भएको देखिएको सर्वोच्चको फैसलामा उल्लेख छ।  ‘मेडिकल कलेज निर्माणका कारण कटान हुने एक रुखको सट्टामा दश विरुवा लगाउनु पर्ने गरी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन मै उल्लेख भइरहेको सन्दर्भलाई बिचार गर्दा निवेदन माग दाबी बमोजिमको आदेश जारी गर्नुपर्ने देखिएन।’

निवेदनमा उठाइएको वन र वातावरण संरक्षणको विषय सबै व्यक्ति, समुदाय र प्राणी जगतकै लागि पनि सरोकारको विषय रहेको देखिएको, मेडिकल कलेज निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय हालसम्म नेपाल सरकारबाट भइसकेको नदेखिएको तथा प्रस्तावित क्षेत्रमै मेडिकल कलेज निर्माण हुने भएमा पनि त्यसबाट वन र वातावरणमा पर्ने प्रतिकूल प्रभावहरुलाई थप न्यूनीकरण गर्नु वाञ्छनीय हुने फैसलामा भनिएको छ।  मेडिकल कलेज निर्माण गर्नुभन्दा केही शर्तहरु पालना गर्नु भनि सर्वोच्चले सात बुँदे निर्देशन पनि जारी गरेको छ।

यस्ता छन् सात बुँदे निर्देशनात्मक आदेश 

१. स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित शर्तहरुको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउनु,

२. प्रस्तावित वन क्षेत्रमा मेडिकल कलेज निर्माण गर्दा काटिने रुखहरुको सट्टामा नयाँ विरुवाहरु लगाउने भनी वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भए बमोजिमको विरुवाहरु लगाउन जग्गाको बन्दोबस्त गरी हालका रुखहरु काटिनु भन्दा अगावै ती नयाँ विरुवाहरु लगाउने व्यवस्था गर्नु,

३. नयाँ लगाइएका विरुवाहरु पाँच वर्षसम्म आयोजनाको तर्फबाट हेर बिचार गर्ने व्यवस्था मिलाउनु तथा सो बमोजिम लगाइएका विरुवाहरुको हेरबिचार भए नभएको कुराको अनुगमन वन तथा वातावरण मन्त्रालयबाट व्यवस्था मिलाउनु,

४. आयोजना सञ्चालनसँगै आयोजनास्थल वरपर स–साना पसल र रेष्टुरेण्टहरु पनि सञ्चालनमा  आउन सक्ने भई ती पसल र रेष्टुरेण्टहरुले थप सरकारी जग्गा र वन क्षेत्र अतिक्रमण हुने सम्भावना रहने हुँदा त्यस्तो सम्भावित अतिक्रमण रोक्न आवश्यक योजना बनाइ लागू गर्नु,

५. मेडिकल कलेज स्थापना भई सञ्चालनमा आएपछि त्यसबाट उत्पन्न हुने फोहोरजन्य पदार्थहरुको कारण वातावरण थप प्रदूषित हुन सक्ने हुँदा त्यस्तो फोहोरहरुको व्यवस्थापन र विसर्जनका लागि उपयुक्त व्यवस्था मिलाउनु,

६. बर्दिवास क्षेत्रको दुर्लभ वन्यजन्तु र वनसम्पदाको संरक्षणको लागि वातावरण व्यवस्थापन योजना बनाई लागू गर्नु गराउनु र सो को प्रगति अनुगमनको लागि प्रभावकारी व्यवस्था मिलाउनु,

७ आयोजनाको संरचनाभित्रै वातावरण व्यवस्थापन इकाइ स्थापना गरी वातावरणमा पर्नसक्ने थप प्रतिकुल प्रभावको व्यवस्थापनका लागि  आवश्यक उपाय अवलम्वन गर्नु

यो पनि पढ्नुहोस्

मन्त्रालय र बिभागलाई जेष्ठ २८ मा अदालत उपस्थीत हुन आदेश

१८ घण्टा अगाडि

अदालत आंशिक रूपमा खुला

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक