काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अहिलेको बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताएका हुन्।
उनले नेपालको अथाहा सम्भावना भएको भनिएको पर्यटन क्षेत्रभन्दा पनि ठूलो सम्भावना आईटी क्षेत्रमा रहेको बताए। उनले सरकार आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउने बाटोतर्फ लैजाने बजेटमार्फत कुनै सोच विचार नगरेको दाबी गरे।


