आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

वाग्मती सफा बनाउन सबैको भूमिका आवश्यक : मन्त्री गुरूङ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
वाग्मती सफा बनाउन सबैको भूमिका आवश्यक : मन्त्री गुरूङ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ — सहरी विकासमन्त्री सीता गुरूङले वाग्मती सफा गर्न नागरिक र सरकार सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताएकी छिन् । उनले सरकारले वाग्मतीसहित काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न र सौन्दर्यकरण गर्न विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको र त्यसका लागि थप नागरिक सक्रियता र खबरदारी आवश्यक रहेको बताइन् ।

शनिबार काठमाडौंका गुहेश्वरीमा निर्माण भएको ढल प्रशोधन केन्द्र र वाग्मती करिडोरको स्थलगत निरीक्षणपछि मन्त्री गुरूङले भनिन्, ‘वाग्मतीलाई सफा गर्न, सुन्दर बनाउन सरकारले यी परियोजनाहरू सञ्चालन गरेको छ । तर, वाग्मती अझै सङ्लो भइसकेको छैन,’ उनले भनिन्, ‘नदीमा फोहोर फ्याँक्ने, ढल बगाउने र प्रदूषित गर्ने काम यसको वरपर बसेका हामीहरूबाटै भइरहेको छ । त्यसैले वाग्मती सफाइका लागि नागरिकको पनि थप सक्रियता र खबरदारी आवश्यक छ ।’

उनले वाग्मती सफाईका लागि लामो समयदेखि स्वयंसेवी अभियान सञ्चालन भइरहेको भन्दै त्यसको प्रशंसासमेत गरिन् ।

मन्त्री गुरूङले नदीहरूमा फोहोर नफाल्ने र घरहरूबाट निस्किएको ढललाई मात्रै प्रशोधन गर्न सकेको अवस्थामा छोटो समयमै वाग्मतीलाई सफा र स्वच्छ बनाउन सकिने बताइन् । ‘घर घरबाट निस्किएको ढल त्यतिकै नदीमा मिसिइरहेको छ, त्यही ढललाई हामीले प्रशोधन गर्न गुहेश्वरीको यो ढल प्रशोधन केन्द्र हो, यो पहिलो र परीक्षणका लागि गरिएको नमुना परियोजनासमेत थियो,’ उनले भनिन्, ‘यसले वाग्मतीमा मिसिदै आएको ढललाई प्रशोधन गर्न सफल भएको छ । त्यसकारण सरकारले थप सात वटा यस्तै प्रशोधन केन्द्रहरु बनाइरहेको छ ।’

उनले ती सबै प्रशोधन केन्द्रहरू निर्माण भएको अवस्थामा नदी सफाइका लागि थप मद्दत पुग्ने बताइन् । हाल गुहेश्वरीमा सञ्चालित ढल प्रशोधन केन्द्रबाट दैनिक ३ करोड २० लाख लिटर पानी प्रशोधन हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

३ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक