काठमाडौं – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यबहक वडाध्यक्ष घुससहित पक्राउ परेका छन्।
कृषि अनुदानका लागि सिफारिस गरिदिएबापत घुस मागेपछि कार्यबहक वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजपासी ९ हजार घुससहित पक्राउ परेका हुन्।
अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।


