आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पन्ध्र दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घट्यो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पन्ध्र दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घट्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खोटाङ  । दश स्थानीय तह रहेको खोटाङमा १५ दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ को जनगणनामा यहाँका जनसङ्ख्या दुई लाख छ हजार तीन सय १२ रहेकामा विसं २०७८ को जनगणना अनुसार एक लाख ७५ हजार दुई सय ९८ रहेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा महिलाको सङ्ख्या ८८ हजार छ सय ६१ र पुरुषको सङ्ख्या ८६ हजार छ सय ३७ देखाएको छ । विसं २०६८ मा ४२ हजार छ सय ४७ घरपरिवार थियो भने दश वर्ष पछि गरिएको जनगणनामा घरपरिवार सङ्ख्या ४१ हजार सात सय ५० रहेको पाइएको छ ।

जिल्लाका दशवटै स्थानीय तहमा जनसङ्ख्या वृद्धिदर घटेको छ । तथ्याङ्क कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना विसं २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना विसं २०६८ को तुलनामा जिल्लाका दशवटै स्थानीय तहको जनसङ्ख्या घटेको जानकारी दिइएको हो ।

नागरिकलाई गाउँमै रोजगार दिएर बसाउने र बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रमको अभावका कारण हरेक स्थानीय तहको जनसङ्ख्या घटेको तथ्याङ्क कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत शिवनारायण महतोले बताउनुभयो । उहाँका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खोटेहाङ गाउँपालिकाको जनसङ्ख्या घटेको छ ।

राष्ट्रिय जनगणना विसं २०६८ को तुलनामा खोटेहाङ गाउँपालिकामा २५ दशमलव शून्य चार प्रतिशतले जनसङ्ख्या घटेको तथ्याङ्क कार्यालयले जनाएको छ । विसं २०६८ मा यहाँको जनसङ्ख्या २२ हजार चार सय ७४ रहेकामा विसं २०७८ मा १६ हजार आठ सय ४६ मा झरेको छ ।

यस्तै १० वर्षको अन्तरालमा जन्तेढुङ्गा गाउँपालिकाको जनसङ्ख्या २२ दशमलव २० प्रतिशतले घटेको छ । विसं २०६८ मा १५ हजार चार सय ४४ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १२ हजार १६ जनसङ्ख्या गणना भएको छ ।

बराहपोखरी गाउँपालिकामा विसं २०६८ मा १४ हजार तीन सय ४९ जनसङ्ख्या रहेकामा उक्त सङ्ख्या २० प्रतिशतले घटेर ११ हजार तीन सय ९७ देखिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २० हजार एक सय ७५ रहेकामा उक्त सङ्ख्या १९ दशमलव १८ प्रतिशतले घटेर १६ हजार तीन सय पाँचमा झरेको छ

ऐसेलुखर्क गाउँपालिकामा १७ दशमलव ८९ प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ मा १६ हजार ९७ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १३ हजार दुई सय १७ कायम भएको छ ।

साकेला गाउँपालिकाको जनसङ्ख्या १७ प्रतिशतले घटेको छ । विसं २०६८ मा ११ हजार पाँच सय ९४ थियो भने विसं २०७८ मा नौ हजार छ सय २३ गणना भएको तथ्याङ्क अधिकृत महतोले जानकारी दिनुभयो ।

त्यस्तै रावाबेँसी गाउँपालिकामा १६ दशमलगव २३ प्रतिशतले जनसङ्ख्या घटेर ११ हजार एक सय ९९ भएको छ । यहाँको जनसङ्ख्या विसं २०६८ मा १३ हजार तीन सय ६९ थियो ।

केपिलासगढी गाउँपालिकामा १३ दशमलव ४५ प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ सालमा १५ हजार दुई सय ८८ जनसङ्ख्या रहेकामा विसं २०७८ मा १३ हजार दुई सय ३१ मा झरेको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको जनसङ्ख्या आठ दशमलव ३१ प्रतिशतले घटेर २७ हजार ७८ जनसङ्ख्या गणना गरिएको छ । विसं २०६८ मा यहाँको जनसङ्ख्या २९ हजार पाँच सय ३२ थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आठ दशमलव ३० प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ मा ४६ हजार नौ सय तीन रहेकामा दश वर्ष पछि गरिएको जनगणनामा यहाँको जनसङ्ख्या ४३ हजार आठ जना देखिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।

स्थानीय तहहरूले बसाइँसराइ रोक्ने योजना ल्याउन नसके गाउँ रित्तिदै जाने खतरा देखिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभयो । जिल्लामा सबैभन्दा बढी खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नहुँदा बसाइँसराइ हुने गरेको उहाँको भनाइ थियो । रासस

यो पनि पढ्नुहोस्

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

२८ मिनेट अगाडि
त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक