प्युठान । समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्यूठानको अयोजनामा मल्लरानी गाउँपालिका वडा नं. -०४ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय खलंगा प्यूठानका कक्षा ९ र १० मा अध्ययनरत छात्राहरुका लागि आत्मरक्षा सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी निरिक्षक सुशिल थापा मगरको कमाण्डमा “किशोरीहरुको सुरक्षा आत्मबल बढाउनको लागि आत्मरक्षा” सम्बन्धि सैद्धान्तिक र व्यबहारिक प्रशिक्षण प्रदान गरिएको थियो।