शनि, असार ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

आर्थिक मन्दीका कारण व्यापार व्यवसाय घट्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आर्थिक मन्दीका कारण व्यापार व्यवसाय घट्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालगञ्ज  । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र कोहलपुर उद्योग वाणिज्य सङ्घले आर्थिक मन्दीका कारण व्यापार व्यवसाय घट्दैगएको जनाउँदै घरधनीलाई पसल व्यवसायका लागि दिइएको सटर र घरको भाडामा वृद्धि नगर्न आग्रह गरेका छन् ।

दुवै सङ्घले छुट्टाछुट्टै अपिल प्रकाशित गरेर आर्थिक मन्दीका कारण धराशायी भएका व्यवसायीलाई परिस्थिति असहज रहेको बेलासम्म पसल व्यवसायका लागि दिइएको पसल र घरको भाडा वृद्धि नगर्न अपिल गरेका हुन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले केही समय यता व्यवसायीहरू आर्थिक मन्दीको चपेटामा परेकाले उनीहरू पलायन हुने अवस्था आउन लागेको जनाउँदै पसलका लागि दिइएका घर र कोठाको भाडा वृद्धि नगरेर सहयोग गरिदिन आग्रह गरिएको जनाउनुभयो ।

उहाँले भाडा तिर्न नसकेर नै धेरै पसल र गोदाम खाली गरिसकिएको गुनासो आएको जनाउँदै यस्तो समयमा सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले कोरोना भाइरसको सङ्क्रमण र आर्थिक मन्दीले विश्वको अर्थ बजार शिथिल बनेकाले व्यवसाय नै धरापमा परेको बेला पसल भाडा बढाइएमा झन् सङ्कट आउने हुँदा केही समय भाडा नबढाउन आग्रह गरिएको जनाउनुभयो ।

सोही प्रकारले कोहलपुर उद्योग वाणिज्य सङ्घले पनि आर्थिक मन्दीका कारण व्यापार व्यवसाय प्रतिकूल अवस्थाबाट गुज्री रहेका बेला पसल भाडा नबढाउन अपिल गरेको छ ।

कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मणराज पौडेलले अहिले पनि आर्थिक मन्दी विद्यमान रहेका कारण पसल भाडा नबढाएर व्यवसायीलाई सहज वातावरण सिर्जना गरिदिन अपिल गरिएको जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक मन्दी विद्यमान छ । व्यवसायीले बैङ्कको किस्ता तथा भाडासमेत निर्धारित समयमा तिर्न नसकेको अवस्था छ । यो विषम परिस्थितिका कारण व्यावसायिक सटर खाली हुँदै जान थालेका छन् । केही दिन भाडा नबढाउन अपिल गरिएको हो ।’

अध्यक्ष पौडेलले सम्पूर्ण घरधनीको नाममा अपिलपत्र जारी गरेर मौजुदा कायम रहेको भाडा दरमा पनि आपसी सहमति र सद्भावका साथ केही छुट गरी व्यवसायीलाई राहत प्रदान गर्न आग्रह गरिएको जनाउनुभयो ।

कोहलपुर उद्योग वाणिज्य सङ्घका अनुसार घरधनीका आ–आफ्नै अप्ठ्यारा र सङ्कट रहे पनि यो अप्ठ्यारो परिस्थितिको समयमा पसल र गोदाम भाडा नबढाई सहयोग गर्न अनुरोध गरिएको हो ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक घट्याे

३ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

दक्षिण कोरियालाई पराजित मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकामा मध्यम वर्षा हुने सम्भावना

चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरी खेल्याे

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक