आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

संसदीय समिति सभापति चयन गर्न दलहरू गम्भीर भएनन् : सभामुख घिमिरे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सूचना पाउने अधिकार प्रजातन्त्रको प्राण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका संसदीय समिति र संयुक्त समितिका सभापति चयनमा राजनीतिक दलहरूले गम्भीरता नदेखाएको बताएका छन् । उनले संसदीय समिति चयनमा ढिलाइ हुँदा संसद् र संसदीय समितिलाई घाटा भइरहेको पनि बताए ।

संसदीय समिति गठन भएको साढे १ महिना भइसकेको अवस्था र संसदीय समितिहरूले काम थालेको २० दिन नाघिसक्दा पनि किन सभापति चयन नभएको भन्ने इकान्तिपुरको प्रश्नमा सभामुख घिमिरेले मंगलबार त्यस्तो नहुनुमा राजनीतिक दलहरू जिम्मेवार रहेको बताए ।

संसदीय समिति गत वैशाख १५ गते चयन भएका थिए । संसदीय समितिहरूको जेठ ९ गते एकै समयमा पहिलो बैठक बसेका थिए । संसदीय समितिले त्यसरी काम थालेको २० दिन बितिसक्दा पनि एक समितिले पनि सभापति पाएका छैनन् । ज्येष्ठ सदस्यले समिति बैठक चलाए पनि प्रभावकारी नभएकाले संसद्लाई घाटा भइरहेको सभामुख घिमिरेले नै बताएका छन् ।

सभामुख घिमिरेले समिति सभापति चयनमा राजनीतिक दलहरूको साथ माग्दा असहयोग भएको बताए । ‘समिति सभापति चयन नगर्नुको कारण केही देख्दैन । चयन नगर्दा घाटा भएको छ । जसले नेतृत्व गरिरहनुभएको छ उहाँहरू (समितिका ज्येष्ठ सदस्य) स्थायी होइनन् । मिहिनेतका साथ समिति चलाएर लैजाउँ भन्ने भएन र समितिलाई घाटा भयो,’ उनले भने, ‘संसद्लाई पनि घाटा के छ भने समितिले गर्नुपर्ने विधेयकहरूको छलफल चाँडो लैजाने विषयमा घाटा भइरहेको छ । यो घाटा पूर्ति गर्नका लागि छिटो गठन गर्नुपर्ने हो । छिटो गठन गर्नलाई राजनीतिक पार्टीहरूको गम्भीरता देखिएन ।’

संसदीय समिति सभापति चयनका लागि राजनीतिक दलका संसद्का पदाधिकारीहरूलाई बारम्बार भन्दा पनि नमानेको सभामुख घिमिरेको दुखेसो छ । ‘पार्टीहरूको यो संख्यामा यसरी जाउँ भन्ने कुरा भएमा आज भएन भने भोलि टुंगो हुन्छ, भोलि भएन भने पर्सि । दुई-तीन दिनभित्रमा त बनिसक्नुपर्ने । उहाँहरू यसरी लाग्न सक्नुभएन । नलागेपछि मलाई पनि धेरै अप्ठ्यारो भएको छ,’ सभामुखले भने, ‘साह्रै धेरै कोसिस गरियो अब चाहिँ रमिता हेर्नुपर्ने भयो । जिम्मेवारीका हिसाबले रमिता हेर्न नहुने तर अब तातो नलागेपछि त रमितै हेर्नुपर्ने जस्तो भयो ।’

संसदीय समिति सभापति चयनका लागि नियमावलीको व्यवस्थाअनुसार सूचना निकाल्ने कि भनेर संसद् सचिवालयका अधिकारीसँग पनि छलफल गरेको तर त्यसो नगर्न सुझाव आएको सभामुख घिमिरेले बताए । राजनीतिक दलहरूसँग मिलेरै संसद् चलाउनुपर्ने भएकाले एकोहोरो सूचना निकाल्दा समस्या हुन्छ कि भन्नेमा सभामुख रहेको देखिएको छ ।

‘अब सचेतकहरू, प्रमुख सचेतकहरू, दलका उपनेताहरू र नेताहरूलाई पटक-पटक भनिएको छ तर उहाँहरूले ध्यान दिइराख्नुभएको छैन,’ सभामुख घिमिरले थपे, ‘हेर्दाखेरि समिति गठनमा चिन्ता गरेको जस्तो छ तर परिणाम भएन । समिति त गठन भए तर त्यहाँ ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने । उपसमिति बनाउने त्यहाँ पनि ज्येष्ठ सदस्य खोज्ने भयो । बाहिरबाट हेर्दा बेवास्ता गरिएको जस्तो देखिन्छ ।’

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय समिति सभापतिको चुनाव गराउन सघाउन राजनीतिक दलहरूलाई आग्रह गरेको तर सकारात्मक जवाफ नपाएको पनि सभामुखको भनाइ थियो । राजनीतिक दलहरूबीच सहमति नभए समिति सभापति चयनका लागि नियमावलीको व्यवस्थाअनुसार सूचना निकाल्ने तयारीमा पनि सभामुख देखिन्नन् ।

प्रतिनिधिसभामा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा गरी १० वटा समिति रहेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य रहेका संसदीय सुनुवाइ समिति तथा राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति गरी दुईवटा संयुक्त समिति रहेका छन् ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

४० मिनेट अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक