आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाबुराम माओवादीसँग एकता गर्न राजी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बाबुराम माओवादीसँग एकता गर्न राजी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

२ दिन अगाडि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने भनेर एक–अर्काका राजनीतिक डकुमेन्ट साटासाट गरिएको थियो । निर्वाचनअघि नै दुई दलबीच एकताको लागि गृहकार्य भएको थियो । निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन भएको पनि आज पाँच महिना पुगिसकेको छ ।तर, दुई दलबीच एकताको लागि पछिल्ला दिन कुनै छलफल अघि बढेका छैनन् । हालै बसेको नेसपाका केन्द्रीय समितिको बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा–‘बैलैमा नयाँ प्रगतिशील,लोकतान्त्रिक, समाजवादी शक्तिमा रुपान्तरि भएका बृहत्त ध्रुवीकरण नगर्ने हो भने अहिलकै साम्यवादी रुपमा लामो समय अघि बढ्न कठिन हुनेछ’ भनिएको छ । बाबुराम माओवादीसँग एकता गर्न राजी भए । तर, माओवादीले भने पार्टीको नामबाट माओवादी वा नेपाल कम्युनिष्ट पार्टीमध्ये एक राख्नैपर्ने अड्डी कसेको छ ।बाबुराम भने अब माओवादी वा कम्युनिष्ट नाम टाँसेर कहीँ नपुगिने निश्कर्षमा पुगेका छन् । उनले संविधानले नै देखेको गन्तव्य भनेको समाजवाद भएकोले सबै दल त्यसको लागि तयार हुनुपर्ने बताउँदै आएका छन् । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकताको लागि पहल थालेका नेताहरु भनै एकता नहुने भएकोमा निराश देखिन थालेका छन् ।

दुई दलबीच एकता नहुनुमा बाबुरामभन्दापनि प्रचण्ड कारक बनेको ती नेताहरुको भनाई छ । समाजवादी केन्द्र बनाएर जाँदा पार्टीको नामको जस पनि बाबुरामले लिने र नयाँ साथीहरु मोर्चाबन्दी हुँदा आफू कमजोर हुने प्रचण्डको बुझाई छ । प्रचण्ड अहिले सरकारको नेतृत्वमा रहेकोले शक्ति आर्जनमा बढि सक्रिय छन् । उनी बरु पूराना माओवादी विचार धारा बोकेकाहरुलाई गोलबद्ध बनाउन केन्द्रित भएका छन् ।

यो बीचमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेसपाबीच मोर्चाबन्दीको पनि कुरा आएको थियो । तर, यसको लागि पनि प्रधानमन्त्री दाहालले नै वास्ता नगरेपछि चार दलबीच मोर्चाबन्दीको गृहकार्य पनि त्यतिकै रोकिएको छ । प्रधानमन्त्री दाहाल हालै भारत भ्रमण गरेर फर्किएका छन् ।

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा रहँदा उज्जैनको महाकालेश्वर मन्दिरको दर्शन गर्न गेरु वस्त्र लगाएर पुगेका थिए । त्यतिवेला बाबुरामले आफ्ना पूराना सहकर्मी प्रचण्डको उक्त कार्यशैलीको आलोचना गरेका थिए । उनले प्रचण्डको उक्त गेरुवस्त्रको फोटो सेयर गरेर ‘हामी कता जाँदैछौं ?’ भनेर लेखेका थिए । प्रचण्ड नेपाल आएपछि गत शनिबार पशुपतिनाथ मन्दिरको दर्शन गर्न आफ्ना क्याविनेटका चार मन्त्रीहरु लिएर पुगेका थिए ।

त्यसमा पनि बाबुरामले आलोचना गरेका थिए । अहिले बाबुरामले प्रधानमन्त्री दाहालको सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् । यसले पनि दुई नेताबीच सुमधुर सम्बन्ध नभएको देखाउँछ । र, अहिले दुई नेताबीच भेटवार्ता नभएको पनि धेरै नै भएको बताईएको छ ।

विप्लव फकाउँदै महरा

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा यतिवेला नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा स्वागत गर्ने तयारीमा छन् । दुई नेताबीच अहिले बाक्लो भेटवार्ता जारी छ । विप्लव काठमाडौं आएका बेला महराको खुमलटारस्थित् निवासमा पुग्ने गरेको र महरा कपिलवस्तु पुग्दा विप्लवको निवासमा बस्ने गरेका समाचार आएका छन् ।

विप्लवलाई पार्टीमा भित्र्याउनको लागि अध्यक्ष प्रचण्डले नै महरालाई जिम्मेवारी दिएको चर्चा छ । विप्लव पनि पछिल्लो समय प्रचण्ड र माओवादीप्रति नरम सुनिन्छन् । जनयुद्ध र नेतृत्व प्रचण्डप्रति सार्वजनिक रुपमै प्रतिरक्षामा उत्रिने पूर्व माओवादी नेताहरुमध्ये विप्लव अग्रपँक्तिमा आउँछन् । विप्लवलाई माओवादीमा भित्र्याउने तयारी गरेको थाहा पाएपछि बाबुराम प्रचण्डसँग टाढिएको पनि चर्चा छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक