आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

केन्द्रीय सचिवालय बैठकको प्रेस–वक्तव्य

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
Pratima wins Miss Magar International title
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  मिति २०८० जेठ २३ गतेदेखि २६ गतेसम्म क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय सचिवालयको पहिलो बैठक अध्यक्ष कमरेड किरणको अध्यक्षतामा काठमाडौमा बस्यो । बैठकमा लिइएका आवश्यक तथा महत्वपूर्ण निर्णयहरूबारे यसै प्रेस–वक्तव्य मार्फत निम्न अनुसार सार्वजनिकीकरण गरिएको छ ।

बैठकको प्रारम्भमा सबै जनआन्दोलन दश बर्षीय महान जनयुद्ध र त्यस यताका विभिन्न संघर्षहरुमा प्राणको आहुती दिने सम्पूर्ण वीर सहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।

बैठकमा अध्यक्षद्वारा तात्कालिक परिस्थिति, संगठन, संघर्ष लगायतका विषयमा आधारित संक्षिप्त राजनीतिक प्रतिवेदन प्रस्तुत गरियो । साथै सो बैठकमा केन्द्रिय कार्यालयद्वारा तयार पारिएको तात्कालिक सांगठनिक नीति तथा सचिवालय सहित केन्द्रीय आयोजक सदस्यहरुको कार्यविभाजन सम्बन्धी प्रस्ताव कमरेड उदयले वाचन गर्नुभयो । आवश्यक छलफल, बहस तथा परिमार्जन पश्चात् उक्त राजनीतिक प्रतिवेदन र प्रस्ताव सर्वसम्मत रुपमा पारित गरियो ।

केन्द्रीय सचिवालयको बैठकमा प्रदेश तहमा संयुक्त अधिवेशनहरु गरी प्रदेश संगठन समितिहरुको निर्माण गर्ने, ती समितिहरुका बैठकहरुको आयोजना गर्ने र यो प्रक्रियालाई स्थानीय तहसम्म अगाडि बढाउने निर्णय लिएको छ । साथै, सबै जनवर्गीय संगठनहरूको पनि माथिदेखि तलसम्म एकीकरण सम्पन्न गर्ने ठेगान भएको छ ।

बैठकमा कालापानी, सुस्तालगायतका नेपाली भूभागहरुमा हुँदैआएको सीमा अतिक्रमण, राष्ट्रघाती नागरिकता विधेयक, चरम रुपमा मौलाएको भ्रष्टाचार, मूल्यवृद्धि तथा अतिशय महंगी, मजदूर, किसान, सुकुम्बासी लगायत विपन्न वर्गका गास बासका समस्या, झुट्टा मुद्दामा फसाइएका राजनीति नेता तथा कार्यकर्ताहरुको रिहाइ, बैङ्कहरुको संरक्षणमा हुँदै आएका चरम सुदखोरी तथा मिटरब्याजी शोषण, हालै भारतमा गरिएकोे प्रधानमन्त्रीको भ्रमणको प्रक्रियामा गरिएको राष्ट्रघात तथा आत्मसमर्पणको विरोध सहितका विषयहरूलाई लिएर काठमाडौ लगायत देशका प्रमुख शहरहरुमा विरोध प्रदर्शन गर्ने निर्णय लिइएको छ । संघर्षको कार्यक्रम छिटै सार्वजनिक गरिनेछ ।

एक नम्बर प्रदेशमा कोशी नामाकरणको विरोध तथा पहिचानको आधारमा नामाकरण हुनुपर्ने विषयलाई लिएर लामो समयदेखि आन्दोलन चल्दै आएको छ र बैठकमा यो आन्दोलनको समर्थन गर्ने निर्णय लिइएको छ ।

बैठकमा नेकपा (मशाल) लगायत विभिन्न क्रान्तिकारी समूह तथा व्यक्तित्वहरुसित पार्टी एकतामा लागि पहल गर्ने निर्णय लिइएको छ ।

केन्द्रीय सचिवालयको बैठकमा प्रस्तुत तथा पारित राजनैतिक प्रतिवेदनमा भनिएको छ, “माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको आवश्यकता अनुसार पार्टी एकतालाई मूर्त रुप दिएर हामीले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एक महान कामको प्रक्रियालाई अगाडि बढाएका छौं । अव यो एकतालाई विचारधारात्मक, सांगठनिक तथा भावनात्मक रुपमा पनि सुदृढ तुल्याउँदै एकता–संघर्ष–रुपान्तरणका आधारमा एकपछि अर्को अग्रगामी छलाङ् हान्दै जान आवश्यक छ ।” सो प्रतिवेदन छिटै सार्वजनिक गरिनेछ ।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

पश्चिमी वायुको आंशिक प्रभाव

२ घण्टा अगाडि
निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक