आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गर्भनिरोध नगर्दा युगान्डाका एक पुरुषकाे १२ जना पत्नी १०२ जना छोराछोरी, ५७८ नातिनातिनी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
गर्भनिरोध नगर्दा युगान्डाका एक पुरुषकाे १२ जना पत्नी १०२ जना छोराछोरी, ५७८ नातिनातिनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । युगान्डाको लुसाकामा बस्ने ६८ वर्षका एक पुरुषका १२ जना पत्नीहरु छन् । ती श्रीमतीहरुबाट गरी उनले कुल १०२ जना बच्चाबच्ची जन्माए । जसबाट हालसम्म ५७८ जना नातिनातिनीहरु जन्मिसकेका छन् ।

सुन्दैमा अनौठो र अपत्यारिलो लाग्ने यो जीवनकथा मूसा हसाहा कसेरा नामक व्यक्तिको हो ।

आफूले जीवनमा कहिल्यै पनि गर्भनिरोधक साधनको प्रयोग नगरेको कसेरा बताउँछन् ।

सायद पत्नी, सन्तान तथा दरसन्तानको त्यो संख्याले पनि त्यसलाई पुष्टि गर्दछ । तर, यतिधेरै सन्तान जन्मिसकेपछि चाहिं उनको मन अहिले बदलिएको छ ।

आफूले गर्भनिरोधक साधनको प्रयोग नगरे पनि पत्नीहरुलाई गर्भरोक्ने गोली खुवाउँछन् उनले । अब ६८ वर्षको उमेरमा आएर मात्रै उनलाई थप बच्चा जन्माउने भोक मरेको छ । अर्थात् अब आफूलाई पुग्दो सन्तान भए भन्ने लागेको छ उनलाई ।

१०२ जना छोराछोरी भएपछि सबैलाई चिन्न तथा सबैको नाम सम्झिन पनि गाह्रै हुन्छ । मूसालाई पनि त्यस्तै समस्या छन् । आफूलाई आफ्नो सबैभन्दा जेठो र सबैभन्दा कान्छो सन्तानको मात्र नाम याद रहेको उनी बताउँछन् । कतिपय सन्तानको त नाममात्र होइन मान्छेलाई नै बिर्सिसकेका छन् उनले ।

एएफपीका अनुसार सन् १९७२ मा १७ वर्षको उमेरमा उनले पहिलो बिहे गरेका थिए । तर परिवार र नातेदारको लगातारको दबाबका कारण उनले एकपछि अर्को गर्दै बिहे गरिरहे । पारिवारिक विरासत विस्तार गर्नका लागि धेरै बिहे गरेर बढीभन्दा बढी बच्चा जन्माउन उनलाई नातेदार तथा परिवारकै सदस्यहरुले दबाब दिइरहे । त्यसैले उनले १२ जना महिलासँग बिहे गरे र कूल १०२ बच्चा जन्माए ।

तर, यतिधेरै पत्नी र सन्तानका कारण अहिले उनलाई ठूलो पछुतो छ । उनीहरुको गास, बास, कपास तथा शिक्षा स्वास्थ्यका लागि समेत पैसा जुटाउन उनी सक्षम छैनन् । त्यहीँ कारणले दुई पत्नीले उनलाई छाडिसकेका छन् ।

उनी भन्छन्( मलाई अरु थप बच्चा जन्माउने कुनै रहर छैन किनकि यतिधेरै बच्चा जन्माउने आफ्नो गैरजिम्मेवार हर्कतबाट मैले सिकिसकेको छु।

बुढ्यौलीसँगै उनको स्वास्थ्य पनि बिग्रिंदै गएको छ । उनी हाल बेरोजगार छन् भने त्यति ठूलो परिवार पाल्नका लागि केवल २ एक्कड मात्रै जमीन छ । हुनत मुसा अहिले आफ्नो गाउँमा पर्यटकको आकर्षणको केन्द्र बनिरहेका छन् ।

स्मरण रहोस् युगाण्डामा बहुविवाह एक परम्परागत प्रथा हो र यसले कानुनी मान्यता पाएको छ । जस अनुसार पुरुषहरुलाई एकभन्दा धेरै महिलासँग बिहे गर्ने छुट छ ।

यो पनि पढ्नुहोस्

अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

५ दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक