सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको प्रस्तावमा शुक्रबारदेखि प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।

छलफलमा सत्ता पक्षले नीति तथा कार्यक्रमको समर्थन गर्दै बचाउ गरेका छन् भने प्रतिपक्षले नीति तथा कार्यक्रम कर्मकाण्डी रहेको भन्दै आलोचना गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने मेघराज खड्काले सरकारको नीति तथा कार्यक्रमले थुप्रै क्षेत्रलाई समेटेको भन्दै समर्थन जनाउनुभयो ।

“रोजगारी, गरिबी निवारण, कृषिमा आत्मनिर्भरतालगायत थुप्रै राम्रा कुरा नीति तथा कार्यक्रममा आएको छ” उहाँले भन्नुभयो, “म सरकारको नीति तथा कार्यक्रमको समर्थन गर्दछु ।” नीति तथा कार्यक्रममा आएका सबै कुरा सकारात्मक रहेको खड्काको भनाइ छ ।

तर, प्रतिपक्षी दल भने नीति तथा कार्यक्रमको कडा विरोधमा उत्रिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारको नीति तथा कार्यक्रम परम्परावादी रहेको जिकिर गर्नुभयो । चुनावी वर्षजस्तो नारैनाराको नीति तथा कार्यक्रम आएको उहाँले टिप्पणी गर्नुभयो ।

नीति तथा कार्यक्रमले सङ्घीयता कार्यान्वयनमा जोड दिन नसकेको र सरकारको प्राथमिकता के हो भन्ने नै अन्योल रहेको उहाँको भनाइ छ । सरकारको बजेटको सिद्धान्त र नीति तथा कार्यक्रमबीच विरोधाभास देखिएको उहाँको जिकिर छ । नीति तथा कार्यक्रममा सरकारको लक्ष्य, उद्देश्य, स्रोत परिचालन, कार्यान्वयनको खाका स्पष्ट नरहेको भन्दै रावलले सङ्घीयता कार्यान्वयनको विषयमा पनि नीति तथा कार्यक्रमले नबोलेको चर्चा गर्नुभयो ।  आन्तरिक स्रोत व्यवस्थापन र रणनीतिक महत्वका नाकाबारे नीति तथा कार्यक्रम मौन रहेको उहाँले जिकिर गर्नुभयो ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता खगराज भट्टले नीति तथा कार्यक्रमले आधारभूत रुपमा स्वच्छ सुरुवात गरेकोभन्दै समर्थन जनाउनुभयो । सङ्घीयतालाई सवलीकरण गर्ने सवालमा नीति तथा कार्यक्रम आएको उहाँको बुझाइ छ । भट्टले नीति तथा कार्यक्रममा चुनौती र सम्भावना प्राथमिकीकरणको कुरा आएको बताउनुभयो ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले सत्तापक्षको नजरमा नीति तथा कार्यक्रम सकारात्मक रहेको बताउनुभयो । प्रदेशलाई विकसित बनाउने सोंच र सपनाका साथ नीति तथा कार्यक्रम प्रस्तु भएको उहाँको भनाइ छ ।

त्यस्तै, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारीले सरकारले ल्याएको नीति तथा कार्यक्रम ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनुभयो । प्रस्तुत नीति तथा कार्यक्रमले कतापट्टि जान्छौं भन्ने मार्गनिर्देशन गरेको उहाँको भनाइ छ । “नीति तथा कार्यक्रम एकदम राम्रो आएको छ” उहाँले भन्नुभयो, “यसलाई वस्तुनिष्ठ ढंगले बजेटमा समावेश गर्नुपर्दछ ।”

प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य खेमादेवी विष्टले नीति तथा कार्यक्रममा थुप्रै कुरा समेटिए पनि शिक्षा र स्वास्थ्यको सवालमा ठोस योजना नआएको बताउनुभयो । उहाँले कागजमामात्रै सीमित नराखेर नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो । स्वतन्त्रबाट निर्वाचित प्रदेश सभा सदस्य ताराप्रसाद जोशीले ९० प्रतिशतभन्दा बढी कार्यक्रम विगतकै आएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

१ दिन अगाडि
परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै

परराष्ट्रमन्त्री चीन प्रस्थान गर्दै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक