सोम, बैशाख २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मर्जर प्रक्रियामा रहेका बैंकलाई लक्षित गर्दै सुविधा थप

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
NRB unveils Cryptocurrency Risk Assessment Report
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल राष्ट्र बैकले मर्जर तथा एक्विजिसनमा दिंदै आएको छुट सुविधा असार मसान्त २०८० सम्म एकीकृत कारोबार गर्ने बैंकहरूले पाउने भएका छन् । राष्ट्र बैंकले मर्जर प्रक्रियामा रहेका लक्ष्मी र सनराइज बैंकलाई लक्षित गर्दै मर्जरमा पाउने सुविधा थप गरेको छ ।

चालु आर्थिक वर्ष आव २०७९  र८० को मौद्रिक नीतिमा २०७९ पुस मसान्तभित्र मर्जर सम्पन्न गरी एकीकृत कारोबार गर्नेलाई मात्रै सुविधा दिने व्यवस्था गरेको राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै असार मसान्तसम्म एकीकृत कारोबार सुरु गर्नेले विभिन्न ६ वटा सुविधा दिने बताएको छ ।

हिमालयन बैंकले सिभिललाई गाभेर एकीकृत कारोबार माघ लागेपछि मात्रै गरेकोले मर्जरमा पाउँदै आएको सुविधा हिमालयन बैंकले पाउने कि नपाउने भन्ने दुविधा थियो । अब हिमालयनसँगै मर्जर प्रक्रियामा रहेका सनराइज र लक्ष्मी बैंकले पनि सहुलियत पाउने भएका छन् ।

‘वाणिज्य बैंकहरु एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट सुविधा तथा छुट प्रदान गरिनेछ,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ ।

यी सुविधा तथा  छुट पाउँछन् ?

राष्ट्र बैंकले तोकेको कृषि ऊर्जा तथा एसएमई क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतित नभई अन्य बैंक तथा वित्तीय संस्थामा आवद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने राष्ट्र बैकले जनाएको छ ।

एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय प्रदान गरिने, गाभ्नेरगाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै राष्ट्र बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने, एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दुरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरुमध्ये कुनै एक शाखा कायम राखी सोही दुरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने परिपत्रमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

२ हप्ता अगाडि
वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

रास्वपाको सचिवालय बैठक आज बस्दै

४ हजार ६३१ सवारी दुर्घटना

Pakistan Embassy observed Marka-e-Haq Day

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक