शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्याराग्लाइडिङको मज्जा लिँदै विवेक ओबरायले भनेः ‘पोखरा इज सो ब्युटिफुल’

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्याराग्लाइडिङको मज्जा लिँदै विवेक ओबरायले भनेः ‘पोखरा इज सो ब्युटिफुल’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा – नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले प्याराग्लाइडिङको मज्जा लिएका छन्। सोमबार दिउँसो ओबरायले पोखराको आकाशमा प्याराग्लाइडिङको मज्जा लिएका हुन्।

पोखराको सराङकोटबाट दिउँसो प्याराग्लाइडिङ उडान भरेका उनी फेवा किनारमा ओर्लिए। स्काइलाइन प्याराग्लाइडिङका भुवन गाहा मगरले ओबरायलाई प्याराग्लाइडिङमा उडाए। करिब ४५ मिनेट उनले प्याराग्लाइडिङको मज्जा लिए।

पोखराको आकाशमा फन्को मार्दै ओबरायले भने, ‘पोखरा अति सुन्दर छ। नेपाल अति सुन्दर छ।’ प्याराग्लाइङिमा उड्दै गर्दा आफूलाई चिल जस्तै सम्झिएको सुनाए। निकै आश्चर्य महशुस गरेको उनले बताए।

ओबरायले फेरि पोखरा आउने इच्छा व्यक्त गरेको स्काइलाइन प्याराग्लाइडिङका भुवन गाहा मगरले बताए। ‘उहाँले १५ दिनको समय मिलाएर फेरि पोखरा आउने बताउनुभएको छ। सोलो पाइलट ट्रेनिङ गर्ने इच्छा गर्नुभएको छ’, उनले भने।

ओबराय, उनकी श्रीमती, छोराछोरीसहित परिवारका १० सदस्यले पोखराको आकाशमा फन्को मारेका हुन्। बाबु सुरेश ओबरायले पोखराको प्याराग्लाइडिङ गरेनन्। उनी मझेरीपाटनको हिमालय गल्फ कोर्समा गए।

भारतीय अभिनेता ओबराय परिवारसहित नेपाल भ्रमणमा छन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ओर्लिएका ओबेराय शुक्रबार पर्यटकीय नगरी पोखरा आए। उनले पोखरामा आएपछि जिपलाइन, बञ्जि, एटिभी, हट एयर बेलुन र स्काइक्रिमरको मज्जा लिइसकेका थिए।

११ सदस्यसहित पोखरा आइपुगेको उनको नेपाल भ्रमण पहिलो हो। ओबराय सोमबार मुस्ताङको मुक्तिनाथ मन्दिर, एबीसी र पुनहिल जाने तालिका भए पनि मौसम खराबीका कारण पूरा भएन।

पोखराको घुमघाम सकाएर ओबराय भैरहवा हुँदै गौतम बुद्धको भूमि लुम्बिनी दर्शनको लागि जानेछन्। गत बुधबार काठमाडौँ ओर्लनेबित्तिकै पशुपतिनाथको दर्शन गरेका विवेक लन्चसहित घुम्न चन्द्रागिरि डाँडामा उक्लिएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटार पुगेरसमेत उनले भेटेका छन्। व्यवसायी पुनम यादवको पहलमा ओबराय नेपाल आएका हुन्।

यो पनि पढ्नुहोस्

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

९ घण्टा अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

न्यून चापीय क्षेत्रको प्रभाव

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक