आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

बजेटको कर्मकाण्डी परम्पराले देशको अर्थव्यवस्थाको कुरुप चित्र देखाएको छ !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नयाँ आर्थिक वर्षका लागि बजेटको तयारी सुरु भएको छ । आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारले बजेटको तयारी र संसदमा यसबारे छलफल सुरु भएको हो । तर, हालसम्म छलफलका प्रक्रिया र अर्थमन्त्रीको संसदमा प्रस्तुति हेर्दा भेन बजेटमा पुरानै कर्मकाण्डी माध्यम अपनाइने देखिएको छ । देशको अर्थतन्त्र समस्यामा रहँदा पनि सरकारले आर्थिक विकासलाई टेवा पुग्ने हिसाबले योजना ल्याउनुपर्नेमा त्यसको सम्भावना नै देखिएको छैन । यसले आगामी आर्थिक वर्षमा पनि मुलुकको अर्थतन्त्रमा सुधार आउला भन्ने आशंका नै देखिएको छ । साथै, देशमा अझै आर्थिक संकट गहिरिने हो कि भन्ने आशंका पनि बढाएको छ ।

संसदमा अर्थमन्त्री डा। प्रकाशशरण महले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल भइरहेको छ । तर, सरकारको बजेटको सिद्धान्त र प्राथमिकतामा अधिकांश सांसदले आलोचना गरेका छन् । बजेट कर्मकाण्डी र पुरानैको निरन्तरता हुने उनीहरुको आरोप छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अर्थविद् डा स्वर्णिम वाग्लेले बजेटको सिद्धान्त र प्राथमिकतालाई यथास्थितिवादी निबन्ध भने । सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा झारफुक गरेर उम्कन खोजेको आरोप थियो । पूर्वअर्थमन्त्री एवं एमाले सांसद विष्णुप्रसाद पौडेलले अर्थतन्त्र ‘भास’ मा गए पनि सरकारलाई कुनै चिन्ता नरहेको आरोप लगाए । उनले सरकारले पूरै बेखबर रहेर बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गरेको टिप्पणी गरे ।

तथ्यांक विभागले केही दिनअघि एक प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर २।१६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यसअघि राष्ट्र बैंक, विश्व बैंक र एशियन डेभलभमेन्ट बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर ४ प्रतिशत माथी हुने अनुमान गरेका थिए । देशको यो अवस्थालाई कर्मकाण्डी सिद्धान्त र प्राथमिकताले सम्बोधन नगर्ने पौडेलदको भनाइ थियो । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले हौसिएर बजेट ल्याउन छुट नरहेको जनाए । नेकपा माओवादी केन्द्र नेता देवेन्द्र पौडेलले आगामी बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गरे ।

सरकारले यसपटक चालू आर्थिक वर्षभन्दा करिब १ खर्ब कम बजेट ल्याउने तयारी गरेको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार जस्ता मन्त्रालयमा बजेट कटौती गर्ने तर गृह र रक्षा मन्त्रालयलमा भने बजेट बढाउने गरी बजेट सिलिङ तयार भएको छ । प्राथमिकताका क्षेत्रमा बजेट विनियोजन गर्दा उत्पादनशील तथा परिणाममुखी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिइने, राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजना तथा कार्यक्रम छनोट गरिने र ती आयोजनालाई रकम अभाव हुन नदिइने सरकारको भनाइ छ । तर, खासमा किसान, श्रमिक वर्ग र कृषि उत्पादनका लागि सरकारले विशेष योजना ल्याउने संकेत देखिएको छैन । आन्तरिक उत्पादन वृद्धि, उद्योग कलकारखानाको विकास, रोजगारी सृजना र आयात कम तथा निर्यात वृद्धि गर्नेतर्फ सरकारले उल्लेख्य योजना ल्याउने सम्भावना कम छ । यसले अर्थतन्त्रको सुधार कसरी होला भन्ने प्रश्न बाँकी नै छ , सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

२ घण्टा अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

सन्दीप लिग–२ प्रतियोगितामा एक सय विकेट लिने विश्वकै पहिलो बलर

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक