शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विद्यार्थी नभएपछि विद्यालय समायोजन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
हुम्लाका सबै सामुदायिक विद्यालय बन्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएको विद्यालयको समायोजन गरेको छ । वडा नं १८ स्थित मङ्गलादेवी आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएपछि अर्को विद्यालयमा समायोजन गरिएको छ । यहाँ विगत वर्षदेखि नै विद्यार्थी न्यून रहेको गैँडाकोट–१८ का वडाध्यक्ष तिलबहादुर चितौरेले बताए । “गाउँमा विद्यार्थी पाउनै छाड्यो यहाँ भौगोलिक अवस्थाका कारण विद्यालय सञ्चालन गर्न पनि कठिन छ”, उनले भने ।

यहाँ बालविकास सहजकर्ता धनमाया डिस्वा र कार्यालय सहयोगी बमबहादुर रिलामी मगर कार्यरत रहेका थिए । विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएकाले विद्यालय सञ्चालन गर्न उपयुक्त नभएको नगरपालिकाले ठहर गरेको छ । विद्यार्थी नभएपछि विद्यालयलाई अर्को विद्यालयमा समायोजन गरिएको नगर शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका नगर प्रमुख मदनभक्त अधिकारीले बताए । “नगरपालिकाको नगर कार्यपालिकाको बैठकले उक्त विद्यालयलाई अर्को विद्यालयमा समायोजन एवं व्यवस्थापन गर्ने निर्णय गरेको हो”, नगर प्रमुख अधिकारीले भने ।

नगर शिक्षा समितिको गत चैत २३ गते बसेको बैठकको निर्णय र सिफारिसका आधारमा समायोजनको निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताए । “विद्यालयलाई वीरेन्द्र आधारभूत विद्यालयमा समायोजन गर्ने, उक्त विद्यालयको भौतिक र अन्य सम्पत्ति वीरेन्द्र आधारभूत विद्यालयको प्रत्यक्ष नियन्त्रण र स्वामित्वमा रहने गरी व्यवस्थापन गरिएको छ”, उनले भने ।

त्यस्तै उक्त विद्यालयमा कार्यरत बालविकास सहजकर्ता डिस्वालाई वीरेन्द्र आधारभूत विद्यालयमा र कार्यालय सहयोगी मगरलाई गैँडाकोट–३ मा रहेको मङ्गलादेवी आधारभूत विद्यालयमा खटाइएको छ । बसाइँसराइका कारण गाउँमा बस्ती पातलिएपछि विद्यालयमा विद्यार्थी नभएको नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले बताए । “हाल विद्यालयमा विद्यार्थी नभएपछि कर्मचारीलाई अन्यत्र व्यवस्थापन गरिएको हो”, उनले भने, “पछि फेरि आवश्यकता भएमा पुनःसञ्चालन गर्नसक्ने गरी सम्बन्धन र भौतिक संरचना यथावत राखिने छ ।” रासस

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

८ घण्टा अगाडि
इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक