काठमाडौं । चितवन क्षेत्र नम्बर–२ अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अग्रता बनाएका छन् । यहाँ कुल एक हजार ५१३ मत खसेको थियो ।
त्यसमध्ये लामिछानेले ८३६ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले ३४४ मत ल्याएका छन् । नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपानेले २९८ मत पाएका छन् ।
इच्छाकामना–१ र ३ को मतगणना सकिएको छ ।
अब इच्छाकामना–२ को मतगणना गरिनेछ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत आइतबार (हिजो) मतदान भएको थियो ।


