बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल प्रहरी र लक्ष्मी बैङ्क छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल प्रहरी र लक्ष्मी बैङ्क छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल प्रहरी र लक्ष्मी बैङ्क लिमिटेडबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरी र लक्ष्मी बैङ्क लिमिटेडबीच ‘नेपाल प्रहरी र लक्ष्मी बैङ्क छात्रवृत्ति अक्षयकोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीपत्रमा नेपाल प्रहरीका तर्फबाट प्रहरी नायब महानिरीक्षक केदार ढकाल र लक्ष्मी बैङ्कका तर्फबाट बैङ्कका प्रमुख रिटेल फाइनान्स सर्भिस दीपेश अमात्यले हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र लक्ष्मी बैङ्कका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले समझदारीपत्र आदान प्रदानसमेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले सम्झौताका लागि लक्ष्मी बैङ्कलाई धन्यवाद दिनुहुँदै यस सम्झौताले प्रहरी कर्मचारीहरूको मनोबल उच्च गर्ने, कार्यसम्पादनमा सकारात्मक सुधार ल्याउनुका साथै प्रहरी प्रवाह गर्ने सेवामा गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमासमेत नेपाल प्रहरी र लक्ष्मी बैंकबीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

यसैगरी, लक्ष्मी बैङ्कका प्रमुख कार्यकारी अधिकृत शाहले नेपाल प्रहरीले देश तथा समाजको शान्ति सुरक्षामा गरेको योगदानको प्रशंसा गर्नुहुँदै बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न क्षेत्रमा समेत सहयोग गर्दै आएको बताउनुभयो । यस सम्झौताले प्रहरीका सन्ततीहरुलाई गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग हुने अपेक्षा व्यक्त गर्नुहुँदै उहाँले आगामी दिनमा नेपाल प्रहरीसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताउनुभयो ।

सम्झौता अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले तोकिएको नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, पूर्व एवम् अवकाश प्राप्त, अमर शहीद एवम् अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका प्रहरी कर्मचारीका सन्ततीहरूमध्ये उत्कृष्ट अङ्क प्राप्त गर्ने कम्तीमा दुई जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ ।

त्यस्तै, छात्रवृत्ति प्रदान गर्नका लागि लक्ष्मी बैङ्कले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी(लक्ष्मी बैङ्क छात्रवृत्ति अक्षयकोष’ को स्थापना बापत एकमुष्ट नभई प्रत्येक वर्ष पाँच लाख रुपियाँका दरले कोषमा जम्मा २५ लाख रुपियाँ उपलब्ध गराउनेछ र उक्त खाता सञ्चालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ ।

शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई वृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षयकोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतिमा समस्या समाधान गरिनेसमेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत लक्ष्मी बैङ्क लिमिटेडका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

२ घण्टा अगाडि
यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक