शनि, जेष्ठ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अदालत

अदालतमा उपस्थित हुने कानून व्यवसायीहरुले तोकिएको पोशाक लगाउनुपर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अदालतमा उपस्थित हुने कानून व्यवसायीहरुले तोकिएको पोशाक लगाउनुपर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। बहसपैरवीका लागि अदालतमा उपस्थित हुने कानून व्यवसायीहरुले तोकिएको पोशाक लगाउनुपर्ने भएको छ । नेपाल कानून व्यवसायी परिषदले तयार पारेको ‘कानून व्यवसायीको पेसागत आचरण सम्बन्धी नियमावली, २०७९’ मा यस्तो व्यवस्था गरिएको हो । नयाँ व्यवस्था अनुसार कानून व्यवसायीहरुले तोकिएको पोशाकमा अदालतमा उपस्थित भएर बहसपैरवी गर्न थालेका छन् ।

सर्वोच्च अदालतको पूर्ण बैठकले स्वीकृत गरेको नियमावलीमा पुरुष र महिला कानून व्यवसायीहरुका लागि ३/३ वटा विकल्प दिइएको छ । नियमावली अनुसार, पुरुष कानून व्यवसायीहरुले राष्ट्रिय पोसाक दौरा सुरूवालमा कालोकोट, ढाकाको टोपी वा भादगाउँले कालो टोपी लगाउनुपर्नेछ । त्यसको विकल्पमा कालो कोट, कालो पाइन्ट, सादा सेतो सर्ट, छालाको तुनासहितको औपचारिक ढाकाको टोपी वा भादगाउँले कालो टोपी, टाई वा नेक बेन्ड लगाउनुपर्नेछ ।

उनीहरुलाई तेस्रो विकल्प पनि छ । जस अनुसार, कालो रङ्गको गाउन, सादा सेतो सर्ट, स्टान्ड, कालो पाइन्ट लगाउनुपर्नेछ । जुनसुकै पोशाक लगाएपनि छालाको तुनासहितको औपचारिक कालो जुत्ता र सादा सेतो देखिने सुतीको मोजा वा कालो गाढा रंगको सुतीको मोजा अनिवाय गरिएको छ । महिला कानून व्यवसायीको लागि कालो कोटमा सारी, चोलो वा ब्लाउज वा सादा रंगको कुर्ता र सलवार तोकिएको छ । विकल्पमा कालो कोट, कालो पाइन्ट, सादा सेतो सर्ट छ । अथवा कालो रङ्गको गाउन, सादा सेतो सर्ट, स्टान्ड, कालो पाइन्ट लगाउनुपर्नेछ ।

छालाको औपचारिक कालो जुत्ता र सादा सेतो देखिने सुतीको मोजा वा कालो गाढा रंगको सुतीको मोजा सबैलाई अनिवार्य गरिएको छ । आसौच बारेका कानून व्यवसायीहरुलाई आफ्नो रीति तथा परम्परा बमोजिमको पोसाक लगाउन छुट दिइएको छ । हरेक कानून व्यवसायीले नेपाल कानून व्यवसायी परिषद् वा नेपाल बार एसोसिएसनले जारी गरेको ब्याच अनिवार्य लगाउनुपर्ने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

राप्रपाको केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न माग

राप्रपा फेरि विभाजन

९ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर काराेबार घट्याे

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

तातो हावाको कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान

ट्रेड यूनियन अधिकर कुण्ठित गर्ने कदम विरुद्ध जेनेभामा विषय उठाउँछौंः जेटियुसिसि अध्यक्ष श्रेष्ठ

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक