शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

गुजरात: सन् २००२ को साम्प्रदायिक दंगामा सामेल भएको अभियोग लागेका ६८ जना निर्दोष ठहर

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
गुजरात: सन् २००२ को साम्प्रदायिक दंगामा सामेल भएको अभियोग लागेका ६८ जना निर्दोष ठहर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सन् २००२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राज्यका प्रधानमन्त्री हुँदा गुजरातमा भएको धार्मिक दंगामा ११ जना मुस्लिमको हत्या गरेको आरोपमा मुद्दा लड्दै आएका पूर्वमन्त्रीसहित ६८ जनालाई भारतीय एक अदालतले बिहीबार सफाइ दिएको छ।

११ जना मुस्लिमको हत्यापछि रेलमा भएको आगलागीमा परी ५९ जना हिन्दू तीर्थयात्रीको मृत्यु भएको र यसैलाई लिएर भएको धार्मिक हिंसामा कम्तीमा एक हजार व्यक्तिको मृत्यु भएको थियो।

हिन्दू राष्ट्रवादी नेता मोदीमाथि घटनालाई नजरअन्दाज गरेको आरोप लागेको थियो। सन् २०१४ मा प्रधानमन्त्री बनेका उनलाई केही समयका लागि अमेरिकाको यात्रा प्रतिबन्धसमेत लगाइएको थियो। मोदीलाई सन् २०१२ मा सफाइ दिइएको थियो।

एक पूर्व राज्यमन्त्री र कट्टरपन्थी हिन्दू समूहका दुई वरिष्ठ सदस्यलाई सफाइ दिएसँगै बिहीबार समाप्त भएको यो मुद्दा ११ जना मुसलमानको मृत्युमा केन्द्रित थियो र १४ वर्षसम्म चलेको थियो।

हत्या, हत्याको प्रयास र दंगाको आरोपबाट मुक्त भएपछि अभियुक्त र उनीहरूका समर्थकहरूले हिन्दू नारा लगाएका थिए र अहमदाबादको अदालत बाहिर धेरैले आँसु झार्दै रोएका थिए।

पूर्व मन्त्री माया कोडनानीलाई यसअघि ९७ जनाको मृत्यु भएको दंगाको अर्को घटनामा आजीवन कारावासको सजाय सुनाइएको थियो तर पछि उनलाई पनि सफाइ दिइएको थियो।

भारतको सर्वोच्च अदालतले नयाँ अनुसन्धानको आदेश दिएपछि सुरु भएका केही मुद्दामध्ये यो अन्तिम मुद्दा हो। मुद्दामा कूल १८८ जना दोषी ठहर भएका छन् भने ३१३ जनाले सफाइ पाएका छन्।

गत अगष्टमा १४ जना मुसलमानको हत्या गरेको अभियोगमा जेलमा रहेका ११ जनालाई रिहा गरिएको थियो। सामूहिक बलात्कारमा परेकी बिलकिस बानोनामकी एक महिलाले आफ्नो रिहाईविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेकी छन्।

यसैबीच विपक्षी दल काङ्ग्रेसकी शमा मोहम्मद फैसलाप्रति विमति जनाउँदै बिहीबार गरेको ट्वीटमा गुजरातको न्याय प्रणाली ‘ढोंग’ भएको बताएका छन्।

यसअघि रेलमा भएको आगलागीमा आपराधिक षडयन्त्र र हत्याको अभियोगमा ३१ जना मुसलमानलाई दोषी ठहर गरिएको थियो।

यो पनि पढ्नुहोस्

अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

४ दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक