शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कीर्तिपुरमा जारी खेलमा नेपालले ओमनलाई ३ सय ११ रनको लक्ष्य प्रस्तुत

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
कीर्तिपुरमा जारी खेलमा नेपालले ओमनलाई ३ सय ११ रनको लक्ष्य प्रस्तुत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ‌ं । एसीसी प्रिमियर कप अन्तर्गत कीर्तिपुरमा जारी खेलमा नेपालले ओमनलाई ३ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो।

ओमनविरुद्धको खेलमा धर्मराएको नेपालको इन्निङ्सलाई सम्हाल्न कुशल मल्लले आक्रामक शतक प्रहार गर्दा सोमपाल कामीले सम्हालिएको अर्धशतकीय इन्निङ्स खेले।

२०.३ ओभरमा ४ विकेट गुमाएर ७२ रन बनाएको अवस्थामा मैदान प्रवेश गरेका मल्लले ९ छक्का र ९ चौकाको सहायतामा ५९ बलमा ३९ औँ ओभरको समाप्तिमा शतक प्रहार गरेका हुन्। उनी १०८ रन बनाएर अक्विब इल्लियासको बलमा आयान खानबाट क्याचआउट भए।

मल्लको यो शतक नेपाली टोलीको तर्फबाट पाँचौँ एकदिवसीय शतक हो। उनी अघि पारस खड्का, रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका थिए। यो सँगै कुशल मल्ल नेपालका लागि सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडीसमेत बनेका छन्।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालको सुखद सुरुवात हुन सकेन। ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख डकआउट हुँदा ३.४ ओभरमा नेपाल शुन्य रनमै २ विकेट गुमाएको खराब अवस्थामा थियो। ओमनका बिलाल खानले पहिलो विकेट मेडन राख्दा दोस्रो ओभरमा करिमुल्लाहले पनि मेडन राखेका थिए। तेस्रो ओभरको दोस्रो ओभरमा बिलाल खानले कुशल भुर्तेललाई एबिडब्लु आउट गराउँदा त्यो ओभरमा पनि नेपालले रन जोड्न सकेन। चौथो ओभरमा पनि नेपालले लय टिप्न सकेन। यो ओभरमा पनि मेडन राख्दै करिमुल्लाहले आशिफ शेखको विकेट लिए।

संकटमा परेको नेपाललाई कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले ५४ रनको साझेदारी बनाउँदै उद्धार गरे। तर, रोहित १७.१ ओभरमा २३ रन बनाएर आउट भए। चौथो विकेटका रुपमा भीम सार्की २०.३ ओभरमा स्टम्पिङ आउट भए। त्यस्तै आरिफ शेख २९ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरी ७ रनमा बोल्ड आउट भए।

सातौँ विकेटका रुपमा ४०.४ ओभरमा मल्ल आउट भएपछी नेपालको प्लेइङ ११ को सबैभन्दा अनुभवी खेलाडी सोमपाल कामीले जिम्मेवारी सम्हाले। उनले ४८ बलमा ९ चौकाको सहायतामा ६३ रन बनाउँदै अविजित रहे। त्यस्तै आक्रामक ब्याटिङ गरेका करण केसी १५ बलमा २९ रन बनाएर अविजित रहे।

आठौँ विकेटका रुपमा सन्दीप लामिछाने ८ रन बनाएर आउट भएका थिए। नेपाली क्रिकेट टोलीले एकदिवसीय क्रिकेटमा बनायो यो हालसम्मकै उच्च योगफल हो। यसअघि नेपालले कीर्तिपुरमा पपुवा न्युगिनीविरुद्ध सर्वाधिक २ सय ९७ रन बनाएको थियो।

बलिङतर्फ ओमनका आयान खानले २ विकेट लिँदा बिलाल खान, कलीमुल्लाह, जेसन मक्सुद, फायत बट, अक्विब इल्लियसले समान १ विकेट लिए। ओमन केहीबेरमा जवाफी ब्याटिङमा उत्रिदैँछ।

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

१५ घण्टा अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक