नेपालगञ्ज – नेपालगञ्जमा झण्डै पाँच किलो सुनसहित दुई जना पक्राउ परेका छन्।
नेपालगञ्जको न्यूरोडबाट प्रहरीले विराटनगरका रमेश सोनी र प्रकाश ठाकुरलाई चार किलो ९ सय ७३ ग्राम सुनसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार, सोनी र ठाकुरले विभिन्न गहना बनाएर ल्याएका थिए। बाँके प्रहरीले घटनाबारे विस्तृत जानकारी दिन पत्रकार सम्मेलन गर्दैछ।


