शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका प्रशंसनीय : महत

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका प्रशंसनीय : महत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपालको जलविद्युत् उत्पादन क्षेत्रमा वैदेशिक लगानी सुरक्षित र उच्च प्रतिफलयुक्त रहने बताउनुभएको छ । विश्वमै हरित ऊर्जाको महत्व र आवश्यकता बढिरहेको भन्दै महतले नेपाली उत्पादकहरूले पनि लगानी प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।

राजधानीमा आयोजित दुईदिने ऊर्जा सम्मेलनको एक सत्रलाई सम्बोधन गर्दै मन्त्री महतले ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

जलविद्युत् आयोजनामा लगानी तथा स्रोत परिचालन विषयक सत्रलाई सम्बोधन गर्दै मन्त्री महतले भन्नुभयो, “९० को दशकभन्दा अगाडि एक/दुई सय मेगावाट विद्युत् उत्पादन हुन्थ्यो । निजी क्षेत्रको संलग्नता बढ्दै जाँदा राष्ट्रिय प्रसारणमा दुई हजार तीन सय मेगावाटभन्दा बढी विद्युत् थपियो । जसले गर्दा माग पूर्ति गर्न ठूलो सहयोग पुग्यो ।”

ऊर्जा क्षेत्रमा रहेको अपार सम्भावनाकै कारण निजी क्षेत्र जलविद्युत्मा आकर्षित भएको भन्दै उहाँले यस्तो लगानीबाट राज्य र जनतासम्मले लाभ पाउन सकेको बताउनुभयो ।  निजी क्षेत्रबाट भएको ऊर्जा उत्पादनले नेपाल आत्मनिर्भर मात्र बनेको छैन, विदेशमा विद्युत् निर्यातसमेत गर्न थालेको छ ।

महतले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न राष्ट्रिय–अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दै उनीहरूलाई सबै खाले आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताउनुभयो । सरकारले ऊर्जा क्षेत्रलाई लगानीको प्राथमिकतामा राखेको भन्दै मन्त्री महतले लगानीकर्ताले सामना गरेका समस्या समाधान गर्न सरकार तयार रहेको औँल्याउनुभयो । “हामी लगानीकर्तालाई थप सहजीकरण गर्न र इन्सेन्टिभ दिन तयार छौँ,” उहाँले भन्नुभयो, “विश्व बैङ्कजस्ता ठूला लगानीकर्तासमेत नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न इच्छुक रहेका छन्, अन्य निजी लगानीकर्ताले पनि चासो देखाइरहेका छन् । यो राम्रो कुरा हो, सरकारले यसलाई प्रवद्र्धन गर्दै जान्छ ।”

विद्युत्को आन्तरिक खपत विस्तारमा पनि सरकार तथा निजी क्षेत्र सचेत हुनुपर्ने उहाँको भनाइ थियो । यातायात क्षेत्रको विद्युतीकरण, घरायसी प्रयोजनमा विद्युत् खपत प्रवद्र्धनलगायत अन्य क्षेत्रबाट विद्युत् खपत बढाउन सकिने डा. महतको भनाइ थियो । राष्ट्रिय आवश्यकता पूर्तिपश्चात् बढी भएको सबै विद्युत् भारत निर्यात गर्न आवश्यक संयन्त्र बनाइने जानकारी दिँदै मन्त्री महतले विद्युत् निर्यातका लागि भारत मात्र नभएर बङ्गलादेश पनि दिगो बजार हुने उल्लेख गर्नुभयो । Gorkhapatra

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

१४ घण्टा अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक