शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने पाँच सुझाव

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने पाँच सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने पाँच सुझाव दिएकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारी विद्यालयको शैक्षिक गुणस्तर कमजोर रहेको उल्लेख गर्दै सरकारलाई बिभिन्न  सुझाव दिएकी हुन् ।

१. व्यवस्थालय व्यवस्थापन समिति गठनमा हुने राजनीति ।

सरकारी विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय व्यवस्थापन समिति गठनमा सुधार गर्न आवश्यक रहेको सांसद आरजुको भनाइ छ । ‘विद्यालय व्यवस्थापन समितिको गठनमा धेरै राजनीति भएको देखिएको छ । व्यवस्थापन समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अध्यावधिक गर्नुपर्छ’ उनको सुझाव छ ।

२. अंग्रेजी भाषा ।

अंग्रेजी भाषामा अध्यापन गराउँदा शैक्षिक गुणस्तर सुधार हुन सक्ने उनको सुझाव छ । कांग्रेस सांसद राणा भन्छिन्, ‘देशभरका आधारभूत विद्यालयमा अंग्रेजी भाषाबाट पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति नियम र स्रोत साधनको सुनिश्चितता गरिनुपर्छ।’

३.  भर्नादर बढाऔं ।

विद्यार्थी भर्नादर बढाउन आवश्यक रहेको उनको भनाइ छ । यसका लागि मल्टि सेक्टरले ध्यान दिनुपर्ने उनको राय छ ।

४.  तीन तहको अधिकार स्पष्ट गरौं ।

शिक्षामा कुन तहको सरकारको के कति अधिकार र क्षेत्राधिकार हो भनी निक्र्योल गरिनुपर्ने पनि उनको सुझाव छ । ‘यस(शिक्षा)बारे संघ प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट गरिनुपर्छ’ तर, यसको विस्तृत व्याख्या उनले गरेकी छैनन् ।

५.  शिक्षक र विद्यालयको मुल्याङ्कन गरौं ।

विद्यार्थीले प्राप्त गर्ने नतिजाका आधारमा शिक्षक र विद्यालयको मुल्याङ्कन गर्नुपर्ने उनको प्रस्ताव छ । विद्यालयको पठनपाठनको सन्दर्भमा समेत निरन्तर अनुगमन/मुल्याङ्कन हुन आवश्यक रहेको सांसद राणाको राय छ ।

‘नजिताको आधारमा शिक्षक र विद्यालयलाई पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्छ’ उनी अगाडि थप्छिन्, ‘एउटा स्कुल जसको शून्य नतिजा आयो त्यसको के हुन्छ त ? यसमा जनताले प्रश्न चिन्ह उठाइरहेका छन् ।’

धनगढीका १७ वटा विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरु बार्षिक परीक्षामा एक जना पनि पास हुन नसकेको उल्लेख गर्दै उनले जनताले प्रश्न उठाइरहेको भनी सरकार र सरोकारवालाको ध्यानाकर्षण गरेकी हुन् ।

धनगढीको १७ विद्यालयको कक्षा ७ को नतिजाले सरकारी विद्यालयको अवस्था झल्काएको उनको विश्लेषण छ ।

समग्रतामै सुधार आवश्यक

सरकारी विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न उपाय सुझाउदै कांग्रेसकी सांसद राणाले समग्रतामै सुधार आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

संविधानमा शिक्षालाई नैसर्गिक अधिकारको रुपमा स्थापित गरिएको भए पनि व्यवहारमा लागू गर्न धेरै नीति/नियमहरु बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारी विद्यालयको शिक्षा पुनरावलोकनका लागि सरकारलाई निर्देशन दिन सभामुख देवराज घिमिरेलाई समेत आग्रह गरेकी छन् ।

‘सम्पूर्ण सरकारी शिक्षा क्षेत्रको पुनरावलोकनका लागि समामुख मार्फत नेपाल सरकारलाई निर्देशन गरिदिनहुन हार्दिक अनुरोध गर्दछ’ उनले भनेकी छन् ।

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

७ घण्टा अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक