एजेन्सी । कतारमा आयोजित विश्व कप २०२२ मा तेस्रो पत्रकारको निधन भएको छ । यसबारे सोमबार जानकारी दिइएको हो । आइटिभी स्पोर्टका प्राविधिक निर्देशक रजर पियर्सको निधन भएको हो । यसअघि कतारी फोटोपत्रकार खालिद अल–मिस्लाम र अमेरिकाका फुटबल पत्रकार ग्रान्ट वाहलको निधन भइसकेको छ । रजरको नोभेम्बर २१ मा निधन भएको थियो र वेल्स–यूएसएको खेल अघि आइटिभीको आफ्नै प्रसारणमा यसबारे घोषणा गरिएको थियो ।
उनले पियर्सलाई असाध्यै व्यावसायिक र अत्यधिक चर्चित बताए ।


