काठमाडौं । बंगलादेशको ढाकामा सञ्चालन भइरहेको पाँचौ अन्तराष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसीपमा नेपालले रजत पदक जितेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-६ का विश्वराम कुँवरले रजत पदक जितेका हुन् । कुँवर १५०० मिटर दौडमा ४ मिनेट ३०.१५ सेकेन्डमा पूरा गरी दोस्रो भएका हुन् ।
कुँवर व्यक्तिगत खर्चमा पाँचौ अन्तराष्ट्रिय बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसीपमा भाग लिन बंगलादेश गएका थिए ।


