शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुडानमा सेना र आरएसएफ बीच जारी लडाइँमा ५० जनाभन्दा धेरै मारिए

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
सुडानमा सेना र आरएसएफ बीच जारी लडाइँमा ५० जनाभन्दा धेरै मारिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सुडानमा सेना र अर्धसैनिक बल (आरएसएफ) बीच जारी लडाइँमा ५० जनाभन्दा धेरै सर्वसाधारण मारिएको र ६०० जना घाइते भएको बीबीसीले जनाएको छ ।

राजधानी खार्तुममा राष्ट्रपतिको कार्यालय, सरकारी टेलिभिजन र सेनाको मुख्यालयमा आक्रमण भएको छ । यो लडाइँमा १७ सर्वसाधारणसहित २५ जनाको मृत्यु भएको छ । अन्य डार्फर क्षेत्र लगायतमा पनि लडाइँ जारी छ ।

अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ०ले राष्ट्रपति भवन, सेना प्रमुखको निवास र तीन वटा विमानस्थल नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले त्यसलाई अस्वीकार गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार सुडानमा गृहयुद्धको जस्तो अवस्था छ । स्थिति बिग्रिंदै गएपछि सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएका छन् । केही विमानस्थलमा आगलागी भएको छ । शहरका घर(घरमा गोली चलेको र विष्फोटको आवाज सुनिएको छ ।

देशमा प्यारामिलिट्री र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ० लाई सेनामा समायोजन गर्नुपर्ने माग सम्बन्धी विवाद नै लडाइँको कारण हो । यो माग सेनाले अस्वीकार गर्दै आएको छ ।

अक्टोबर २०२१ को विऽोहपछि सुडानको राज्य सञ्चालन सैनिक जनरलहरुको सार्वभौम परिषद्ले गर्दै आएको छ ।

परिषद्को प्रमुख सेनाको जनरल अब्देल फतह अल बुरहान छन् भने आरएसएफ परिषद्का उपाध्यक्ष जनरल मोहम्मद हमदान डगलोको अधीनमा छ ।

नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यले आरएसएफलाई अब सेनामा समायोजन गर्ने समय तालिका बनाएको छ ।

सेनाले २ वर्षभित्र समायोजन गरिसक्न चाहेको छ, तर आरएसएफले यो समयलाई १० वर्षसम्म राख्न चाहेको छ ।

यही विवादका क्रममा आरएसएफले मेरोवेमा सैन्य आधार शिविर नजिकै आफ्नो फौज तैनाथ गरेको थियो ।

प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद सुल्झाउन आफ्नो सेकेण्ड इन कमाण्डसँग सम्वाद गर्न आफू तयार रहेको जनरल बुरहानले बताएको बीबीसीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

५ घण्टा अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक