आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

स्मार्ट माेबाइल धेरै चलाउँदा आँखा गुम्न खतरा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्मार्ट माेबाइल धेरै चलाउँदा आँखा  गुम्न खतरा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

आजको डिजिटल युगले मानिसलाई धेरै सहज बनाएको छ । तर यसको सही प्रयोग नहुँदा भने कहिलेकाहीँ क्षति पनि व्यहोर्नुपर्ने हुन्छ । अहिले प्रायजसोको हातमा स्मार्ट मोबाइल फोन देखिन्छ । कुनै अन्य काम नभएको समयमा यही फोन खेलाएर बस्ने आदत नै भइसकेको छ । साँच्चै भन्नुपर्दा आजकल मानिसको सबैभन्दा नराम्रो बानी भनेको घन्टौंसम्म स्मार्ट फोन चलाएर बस्नु हो । उनीहरू मोबाइल फोनमा विभिन्न सर्च गर्ने निहुँमा स्क्रोल गरिरहन्छन् ।

यसरी लामो समय मोबाइल फोनमा हेरिरहँदा उनीहरूको स्वास्थ्य र दृष्टिमा बिस्तारै असर पु¥याउन सक्छ । यदि तपाईं दिनभर मोबाइल फोन प्रयोग गरिरहनुभएको छ भने अलिकति होसियार हुनुहोस् । किनभने यसले तपाईंको आँखाको ज्योति गुमाउन पनि सक्छ ।

दैनिक अधिक समय स्मार्ट फोनमा बिताएका कारण भारतको हैदरावादकी एक युवतीको आँखाको ज्योति गुम्न पुग्यो । एपोलो अस्पताल, हैदरावादका न्युरोलोजिस्ट डा. सुधीर कुमारले हालै आफ्नो ट्वीटरमा यो कुराको पोस्ट गरी सतर्कताका लागि जानकारीसमेत गराउनुभएको छ । आफ्नो ट्वीटमा डा. सुधीरले लेख्नुभएको छ, ‘सामान्य बानीका कारण एउटी युवतीले दृष्टिविहीन हुनुप¥यो ।’

यदि कुनै व्यक्तिले स्वस्थ जीवनशैलीको दिनचर्या पालना गर्छ भने ऊ सधैँ फिट र स्वस्थ रहन सक्छ । त्यसैले स्वस्थ रहनको लागि स्वस्थ र सन्तुलिन खाना खाने अनि व्यायाम गर्ने सल्लाह जो–कसैले पनि दिने गरेको पाइन्छ । यसका साथै राम्रो बानीको पालना गर्न पनि भनिएको छ । तर कतिपय मानिस यस्ता छन् कि आफ्ना नराम्रा बानी छोड्न सक्दैनन् । त्यसपछि उनीहरुले हैदरावादकी ती युवतीको जस्तै नकारात्मक परिणाम भोग्नुपर्ने हुन्छ ।

३० वर्षीया मञ्जु नामकी ती युवती डेढ वर्षयतादेखि दृष्टिविहीन हुन पुगेकी हुन् । शुरुमा उनलाई दृष्टि कमजोर भएको महसुस भयो । बिस्तारै उनी कुनै पनि वस्तु देख्न र त्यसमा ध्यान केन्द्रित गर्न असमर्थ हुँदै गइन् । मञ्जुले अँध्यारोमा लामो समय स्मार्ट फोन चलाउने गरेकाले नै उनको आँखामा क्षति पुगेको चिकित्सकले बताएका छन् ।

अँध्यारोमा फोन चलाउँदाको नतिजा :

डा. सुधीरले बताएअनुसार मञ्जुको हिस्ट्री जाँच गर्दा उनले विगत केही वर्षदेखि घन्टौं स्मार्ट फोनमा बिताउने गरेकी रहिछन् । उनलाई फोनमा समय बिताउने नराम्रो बानी परेको थियो । उनी दिनभर फोनमा फिड स्क्रोल गर्थिन् । दिनमा मात्र होइन, रातमा पनि फोनको प्रयोग अधिक गर्ने गर्थिन् । यति मात्र होइन, उनी रातिको समयमा बत्ती निभाएर अँध्यारोमा मोबाइल फोन चलाउने र हेर्ने गर्थिन् ।
अधिक समय स्मार्ट फोन प्रयोग गर्ने, त्यो पनि रातको समयमा समेत बत्ती निभाएर ! यस्तो नराम्रो आदतका कारण मञ्जुलाई भिजन सिन्ड्रोमको समस्या भयो । यसैका कारण उनको आँखाको दृष्टि गुमेकाले धेरै तनावको सामना गर्नुपरेको थियो । उनी आफ्नो आँखाको दृष्टि गुमेपछि मात्र झसङ्ग भइन् ।

डेढ वर्षदेखि भिजन सिन्ड्रोमको समस्या :

मोबाइल फोनमा समय बिताउने लतका कारण मञ्जुले डेढ वर्षदेखि भिजन सिन्ड्रोमजस्तो गम्भीर रोगको सामना गर्नुपरेको डाक्टर सुधीर बताउनुहुन्छ । यही नराम्रो लतका कारण उनको दुवै आँखामा क्षति पुगेको थियो ।

यस क्रममा उनले प्रकाशमा हेर्न गाह्रो हुने, गाढा जिगज्याक लाइनहरूजस्तो देख्ने गर्न थालिन् । त्यसले गर्दा उनले कुनै पनि वस्तुमा ध्यान केन्द्रित गर्न कठिनाइ हुनेजस्ता धेरै लक्षणहरूको सामना गर्नुप¥यो । कहिलेकाहीँ उनले कुनै व्यक्ति वा वस्तुलाई ठम्याउन नै नसक्ने भइन् । अर्थात् उनको आँखाको पूरै दृष्टि गुम्यो । यस्तो अवस्थामा पुगेपछि पो उनलाई दृष्टि गुम्यो भनेर डर लाल्यो । त्यसपछि उनले डाक्टरसँग सल्लाह गरिन् । डाक्टरले अवस्था गम्भीर रहेको बताए ।

कसरी निको भयो त ?

आफूहरुले आँखाको ज्योति फर्काउन वा आँखा निको पार्नका लागि शुरुमै औषधि नदिएको डा. सुधीर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बरु हामीले उनलाई मोबाइल फोन नहेर्न सल्लाह दियौं ।’

उनलाई चिकित्सकले एक महिनासम्म मोबाइल फोन प्रयोग नगर्न सल्लाह दिएका थिए । अत्यावश्यक हुँदा मात्र फोन प्रयोग गर्नुहोस् भनिएको थियो । उनले चिकित्सकको सल्लाहलाई गम्भीरताका साथ अनुशरण गरिन् । करिब एक महिनापछि मञ्जुको आँखा पूरै ठीक भयो । उनले सबै कुरा स्पष्ट देख्न सकिन् । त्यसै गरी उनलाई कुनै वस्तुमा ध्यान केन्द्रित गर्न समस्या भएन । यसको मतलब उनी राम्रैसँग देख्न सक्ने भइन् ।

आँखा हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो । आँखाको दृष्टि गुम्यो भने हाम्रो जीवन नै सधैँको लागि अन्धकार हुन्छ । त्यसैले आँखाको उचित हेरचाह गर्नु हाम्रो दायित्व हो । त्यसैले घन्टौं मोबाइलमा झुन्डिरहने बानी हटाउने प्रण आजैदेखि गरौं । घन्टौं स्मार्ट फोनको प्रयोग गर्दा आँखाको ज्योति गुम्न सक्ने कुरा मञ्जुको घटनाबाट पुष्टि भएको छ । त्यसैले अत्यावश्यक काममा मात्र स्मार्ट फोनको प्रयोग गरौं ।

आजकल प्रायः बच्चाहरुलाई मोबाइल हेर्न नदिएसम्म खाना खुवाउन पनि नसक्ने अवस्था आएको देखिन्छ । उनीहरु यसको आदतमा फसिसकेकाले दृष्टि गुम्न सक्ने जोखिम बढ्दो छ । त्यसैले आफ्ना बच्चाहरुलाई आजैदेखि मोबाइल फोनबाट टाढै राख्ने कोशिश गर्नु बुद्धिमानी हुन्छ । यसबाहेक आँखाको ज्योति सुरक्षित राख्न ल्यापटप तथा कम्प्युटरको अधिक प्रयोगमा पनि नियन्त्रण गर्नुपर्छ ।

(रोहिणी घिमिरे, साधना हेल्थ फागुन २०७९ बाट साभार)

यो पनि पढ्नुहोस्

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

५४ मिनेट अगाडि
स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक