शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आमाकै थर र स्थायी ठेगानाबाट बच्चाको जन्मदर्ता

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
आमाकै थर र स्थायी ठेगानाबाट बच्चाको जन्मदर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्ने गरी नयाँ परिपत्र जारी गरेको छ।

यसअघि चैत २२ गते मावलीको थरबाट जन्मदर्ता गर्नेगरी वडा तथा पञ्जिकाधिकारीलाई परिपत्र गरेकामा त्यसको आलोचना भएपछि विभागले लैङ्गिक भूमिकालाई उच्च सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार संरक्षण गर्न प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हकका लागि उल्लिखित परिपत्रका सम्बन्धमा थप स्पष्ट गरिएको जनाएको छ।

विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले यसअघि जारी भएका परिपत्रलाई थप स्पष्ट पार्नुपर्ने भएकाले आज केही बुँदा थप गरेर नयाँ परिपत्र जारी गरेको बताए।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (दोस्रो संशोधनसहित), २०७७ को नियम २८ को देहाय खण्ड (क) बमोजिम जन्मदर्ता सम्बन्धमा सहजता र एकरूपता कायम गर्ने गरी आज नयाँ परिपत्र जारी गरेको जानकारी दिएको छ । विभागद्वारा आज जारी आठबुँदे परिपत्रमा एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने उल्लेख छ।

यस्तै, विवाह अघि बच्चाको जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिन र यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्मदर्ता गरिदिन भनेको छ ।

विभागले बच्चाको जन्मदर्ता भइसकेपछि पितृत्व/बाबुको ठेगान पत्ता लागेको अवस्थामा माथि प्रकरण नम्बर (१) र (२) अनुसार भएको जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट बाबु वा आमा वा दुबैको थर राखी नयाँ जन्मदर्ता गर्न भनेको छ।

परिपत्रमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भएको बच्चा फेला परेमा हेरचाह गर्ने कानुनबमोजिमको संरक्षकले दिएको ठेगाना, नाम, थर राखी जन्मदर्ता गर्नुपर्ने उल्लेख छ।

बाबु, आमाको कानुनबमोजिम सम्बन्धविच्छेद भई आमासँग रहने छोराछोरीको जन्मदर्ता गर्दा बाबुको स्थायी ठेगानामा दर्ता नभएको यकिन गरी आमाको हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिने तथा कानुनबमोजिम कारागारमा सजाय भोगिरहेका महिलाबाट जन्म भएको बच्चाको जन्मदर्ता गर्दा कारागार कार्यालय प्रमुखबाट सूचना फाराम प्रमाणित भई आएमा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा बच्चाको जन्मदर्ता गरिदिने भनिएको छ।

मुलुकी देवानी संहिता २०७४ लागू भएको मिति २०७५ साल भदौ १ पछि स्वतः बदर हुने, बदरयोग्य बालविवाह वा बहुविवाहको परिणामबाट जन्म भएको बच्चाको कानुन बमोजिमको प्रक्रिया पु¥याई जन्मदर्ता गरिदिन भनिएको छ।  माथि उल्लिखितबाहेक अन्य प्रकृतिका जन्मदर्ताको सम्बन्धमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली ९संशोधन संहित० २०७७ र विभागबाट यसअघि जारी भएका परिपत्रानुसार गर्न गराउन भनिएको छ। RSS

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

३ घण्टा अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक