शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

पोर्चुगलको टिममा नेपाली मूलका सुमन घिमिरे

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
पोर्चुगलको टिममा नेपाली मूलका सुमन घिमिरे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । पोर्चुगलको राष्ट्रिय क्रिकेट टिमले अहिले जिब्राल्टरसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ। सोमबार भएको पहिलो खेलमा पोर्चुगलले १२४ रनको जित निकाल्यो।

सिरिजका लागि घोषणा गरिएको पोर्चुगलको टिममा एसियन र अफ्रिकी मूलका खेलाडीको बाहुल्यता छ। पोर्चुगलको टिममा नेपाली मूलका सुमन घिमिरे पनि छन्।

यही महिना मात्र पोर्चुगलको टिममा परेका घिमिरेले सोमबार भएको खेलमा भने मौका पाएनन्। २४ वर्षीय अलराउन्डर घिमिरे बेन्चमा सीमित बनेका थिए।

पोखराका घिमिरे नेपालको यू-१६ टिमको बन्द प्रशिक्षणमा परिसकेका खेलाडी हुन्। उनी २०७१ सालमा नेपालको यू-१६ टिमको बन्द प्रशिक्षणमा परेका थिए। स्कुले जीवनदेखि क्रिकेट खेल्न थालेका घिमिरे मलेसियामा आयोजना भएको एसिसी यू-१६ प्रिमियर कपका लागि नेपालको राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका थिए। तर उनले टिममा अवसर भने पाएनन्।

त्यसपछि उनी नेपालको यू-१९ टिमको बन्द प्रशिक्षणमा पनि बोलाइए। तर टिममा परेनन्। गण्डकीबाट यू-१९ राष्ट्रिय प्रतियोगिता खेलेका उनले खेलमा आफ्नो भविष्य सुनिश्चित देखेनन्।

‘यू(१९ टिमको क्याम्पमा पनि परें। नेपालबाट खेल्ने इच्छा थियो। तर त्यो रहर पूरा हुन सकेन,’ घिमिरेले सेतोपाटीसँग भने, ‘उमेर बढ्दै गएपछि खेलबाट भन्दा अरू क्षेत्रबाट आफ्नो भविष्य बनाउनतर्फ सोचें। खेल छाडेर बाहिर देश जान्छु भन्ने लाग्यो। सुरूमा लाट्भिया विद्यार्थी भिसामा गएँ। चार वर्षअघि पोर्चुगल आएँ।’

सुरूमा उनलाई पोर्चुगलमा पनि क्रिकेट खेल्नछन् भन्ने थाहा थिएन। एकदिन उनले त्यहाँ क्रिकेट खेलिरहेका मधुकर थापालाई भेटे।

‘मधु दाइले स्थानीय टिमबाट खेल्न बोलाउनुभयो। खेल्दा जाँदा राम्रो प्रदर्शन गर्न सफल भएँ,’ उनी भन्छन्।

तीन वर्ष पोर्चुगलमा खेलेपछि मात्र राष्ट्रिय टिममा राख्न पाइने नियम छ। त्यही भएर घिमिरे यही महिना मात्र त्यहाँको राष्ट्रिय टिममा पर्न योग्य भए। त्यहाँको संघले पनि उनलाई राष्ट्रिय टिममा छनोट गर्‍यो।

उनी पोर्चुगलमा गोर्खा(११ बाट युरोपयन क्रिकेट सिरिजअन्तर्गत क्लबस्तरीय टी-२० र टी-१० का लिगहरू खेल्छन्।

‘नेपालबाट एकपटक खेल्ने पहिलेदेखि नै सपना थियो। तर यहाँ आएर जिरोबाट सुरु गर्दै टिममा परेको छु, यसलाई निरन्तरता दिन चाहान्छु,’ उनी भन्छन्।

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

३ घण्टा अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक