सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

धारणा न्यूज by धारणा न्यूज
१६ मिनेट अगाडि
0
सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार हुने उच्चस्तरीय वार्तामा सीमा विवाद र थप हवाई प्रवेश मार्ग (एयर रुट) को विषयले प्राथमिकता नपाउने संकेत देखिएको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी अधिकारीहरूका अनुसार आधा घण्टाका लागि तय गरिएको दुई प्रधानमन्त्रीबीचको वान टु वान भेटवार्ता र त्यसपछि हुने प्रतिनिधिमण्डलस्तरीय छलफलको औपचारिक एजेन्डामा यी विषय समावेश छैनन्। यद्यपि, अन्तिम समयसम्म सहमतिको प्रयास जारी रहेको जनाइएको छ।

‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनःकल्पना’ शीर्षकमा दुई देशबीच विभिन्न सहमति तथा सम्झौता गर्ने तयारी छ। त्यसअन्तर्गत व्यापार तथा आर्थिक साझेदारी, कनेक्टिभिटी, ऊर्जा, जलस्रोत, शिक्षा, प्रविधि, स्वास्थ्य, कृषि, पर्यटन र संस्कृतिसहित १० क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय समेटिएका छन्।

त्यस्तै, सन् १९५० को शान्ति तथा मैत्री सन्धिमाथि आपसी समझदारीमा पुनर्विचार, रामायण, बौद्ध र शिव–शक्ति सर्किटको विकास तथा विभिन्न विकास परियोजनामा सहकार्य गर्ने विषय पनि छलफलमा रहने जनाइएको छ।

नेपालले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन लामो समयदेखि भारतसँग आग्रह गर्दै आएको छ। तर यस विषयमा भारतीय पक्षबाट अझै ठोस सहमति जुट्न सकेको छैन।

प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ बजेर २५ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिनकुमारले स्वागत गरेका थिए।

त्यसपछि होटल ताज पुगेका प्रधानमन्त्री शाहलाई भारतीय विदेशमन्त्री एस. जयशंकरले भेट गरेका थिए। भेटमा सोमबार हुने मोदीसँगको वार्ता तथा सम्भावित सहमति र सम्झौताबारे छलफल भएको थियो।

जयशंकरले सामाजिक सञ्जालमार्फत नेपालसँगको विशेष मित्रतालाई भारतले सधैँ कदर गर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहको भ्रमणप्रति खुसी व्यक्त गरेका थिए।

दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। मोदीले शाहको सम्मानमा दिवाभोजसमेत आयोजना गर्नेछन्। उच्चस्तरीय वार्तापछि केही परियोजनाको उद्घाटन, शिलान्यास तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ।

भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यो पनि पढ्नुहोस्

नेपालको जनकपुरधामलाई रेलमार्गबाट जोड्ने

नेपालको जनकपुरधामलाई रेलमार्गबाट जोड्ने

२३ मिनेट अगाडि
उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

‘जलवायु परिवर्तन सद्भावना दूत’ बनाउने

२६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक