सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

सांसद ढाकाकुमार श्रेष्ठले साढे दुई करोड मागेको कुराकानी सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सांसद ढाकाकुमार श्रेष्ठले साढे दुई करोड मागेको कुराकानी सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि साढे दुई करोड मागेको र त्यसको व्यवस्थापनका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग माघ १ गते गरेको कुराकानी सार्वजनिक भएको छ ।

जहाँ श्रेष्ठले पार्टीले साढे २ करोड मागेको तर २ करोडमा मान्ने सम्भावना रहेको बताएका छन् । उनले मन्त्री बन्नुअघि १ करोड रुपैयाँ बुझाए पनि हुने र बाँकी चेक दिए हुने भनेका छन् । उनले उधारो भने नमान्ने भन्दै प्रसाईंसँग पैसा मागेका छन् ।

 

ुकपुरबोट टीभीु ले सार्वजनिक गरेको अडियो वार्तालाप यसप्रकार छ(

दुर्गा प्रसाईं ( नमस्ते, के छ नि हालखबर रु

ढाकाकुमार श्रेष्ठ ( ठिक छ सर । म नि भर्खरै उठेको ।

 

प्रसाईं ( ए, त्यै त म नि १ राति, मैले पनि फोन अफ गरेँ । फोन अफ भनेको सुत्ने टाइम भयो होला, फोन चार्जमा पनि राखेको । के भने नि खास्सै कुरा के हो रु मलाई भन्नुस् त डक्टर साप १

श्रेष्ठ ( स्वास्थ्य हामीले पाउने भयो । पार्टीलाई अलिकति सहयोग गर भनेर आन्तरिक तरिकाले कोर टीम छ दुई(तीन जनाको तिनीहरूले भनिरहेका छन् । मलाई दुई जति चाहियो, साढे दुई जति चाहियो भन्दैथिए मलाई हिजो । मेरो पक्का चाहिँ पक्का भयो । त्यो आज मैले फिक्स गर्नुछ दाइ, सर । अलिकति आर्थिकमा म त्यस्तो पनि छैन । मन्त्री पनि बन्नुपर्योे । अब यो धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सुधार पनि गर्नुछ । मैले धेरै गर्छु भनेर सोचे गरेको छु । अब त्यसमा हजुरहरूको सपोर्ट सहयोग चाहियो ।

प्रसाईं( एउटा कुरा बुझ्न खोजेको । डक्टरसाप मैले त स्वतन्त्र पार्टीमा डाक्टर भनेको हाम्रो तोसिमा कार्की मात्रै छिन् भनेर बुझ्या थिए त रु

श्रेष्ठ ( होइन हामी तीन जना छौं ।

प्रसाईं( को को हुनुहुन्छ रु

श्रेष्ठ ( म भए, तोसिमा भयो, अनि चन्दा कार्की

प्रसाईं ( साँच्चि चन्दा म्याम पनि पो हुनुहुन्छ त है । डाक्सापको घर चाहिँ कहाँ हो रु

श्रेष्ठ( मेरो पोखरा हो सर ।

प्रसाईं ( ए, अनि एमबीबीएस कहाँ गरेको तपाईंले रु

श्रेष्ठ ( मैले चाइनामा ।

प्रसाईं ( अनि एमडी रु

श्रेष्ठ ( एमडी मैले गरेको छैन । म एमएस मात्रै हो । पछि यता अर्कैतिर पढ्ने भन्दाभन्दै पोलिटिक्सतिर आएँ ।

प्रसाईं ( अब हेर्नुस् है, धेरै ठूलो समस्या छ स्वास्थ्यमा, हैन डक्टरसाप । देशमा भएका नर्सिङ क्याम्पस बन्द गराए । आज नर्स पढ्न पाउँदैनन् । मैले त जहिले भनेको छु, दुबईका डान्सबारमा हाम्रा चेलीबेटीले डान्स गर्नुभन्दा नर्स पठाउँ । हो कि होइन रु

यो पनि पढ्नुहोस्

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

२ घण्टा अगाडि
चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

२ घण्टा अगाडि

श्रेष्ठ ( हो नि त ।

प्रसाईं ( मैले त डक्टर उत्पादन गरौं बरु १०० वटा मेडिकल कलेज खोलौं विदेशबाट इन्डियाबाट विद्यार्थी ल्याउँ पढाउँ‘

श्रेष्ठ ( हो नि त ।

प्रसाईं ( हस्पिटल फ्री गरौं । कति राम्रो कुरा गरेको मैले‘

श्रेष्ठ ( हो नि ।

प्रसाईं ( त्यस्तो छ । डक्टरसापको नाम चाहिँ ढकबहादुर के हो रु

श्रेष्ठ ( ढाकाकुमार श्रेष्ठ ।

प्रसाईं ( ढाकाकुमार श्रेष्ठ, आच्छा १ मैले त्यो कुरो बुझेँ । सल्लाह गरेर अघि बढौंला । अनि फेरि तपाईंसँग एउटा कुरा भन्न खोजेको । हामी त ह्वाट्सएपमा छौं केही मतलब भएन । अनि मुकुलहरूले त नलिने भन्थे त स्वास्थ्य र शिक्षा ।

ढाका ( स्वास्थ्य, शिक्षा मुकुलजीलाई त्यति थाहा छैन सर यो । आन्तरिक कुरा हो । मुकुलजी पनि कोर टीममा हुनुहुन्न । उहाँ बाहिर महामन्त्री नै हो । अब हजुरलाई पार्टीको कुरा गर्दाखेरि, त्यहाँ दुईतीन जना छुट्टै हुनुहुन्छ पार्टीलाई धेरै सहयोग गर्ने, सुरुवाती क्षणदेखि नै सहयोग गर्ने रवि सरलाई । त्यो टीमबाट मलाई कुरा आएको हो । आज मैले फिक्स गर्नुपर्छ पैसा । उधारो हुन्न भन्छन् फेरि ।

प्रसाईं ( क्यास अढाइ करोडको कुरा । दुई करोड रु

श्रेष्ठ ( दुई, साढे दुई भनेका छन् । मैले अहिले १ दिए भनेपनि मान्छन् होला । पछि चेक दिए पनि मान्छन् दुई तीन दिनको ।

प्रसाईं( फेरि आज बन्द छ नि त १ आज बन्द छ । फेरि ९ लाख ९९ हजारभन्दा माथिको चेक साटिँदैन । सुन्नुस् क्लियर कुरा । एउटा टाइम राखेर म दिन्छु । तपाईंले भनिहाल्नुभयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले ।

श्रेष्ठ ( हैन, त्यो त म गर्छु । मलाई त यो दिक्क लाग्छ गोविन्द केसी देखेर । कहिले मर्छ जस्तो लाग्छ मलाई त। पुरै जेनेरेसन पढ्न नपाएको पनि तिनले गर्दा हो ।

प्रसाईं( मैले मेरो छोरीलाई जापान पठाउनुपर्‍यो त्यो टोकियो युनिभर्सिटीमा ३ करोड तिरेर एमडी गर्नलाई । यहाँ आफ्नोमा छ रेडिएसन अंकोलोजी, पढाउन पाइनँ भैले ।

श्रेष्ठ ( त्यै त यो सबै बेथिति छ ।

प्रसाईं ( मेरो त हेर्नुस् न म त कति मरेको छु । मेरो मेडिकल कलेज हेर्नस् त सबै भौतिक पूर्वाधार पुगेको काठमाडौं उपत्यका बाहिर मेची अञ्चलमा । ल भन्नुस् त ३२ लाख पपुलेसन छ । म त डुबेको छु कि छैन भन्नुस् त रु म त मर्न मात्रै बाँकी छ।

श्रेष्ठ ( त्यै त १ यो हटाउनपर्छ सर यस्ता कुराहरू । यो समस्या समाधान गर्नुपर्छ ।

प्रसाईं ( अनि शिक्षा चाहिँ कसले लिने भएछ सर भाइ रु ।।। शिक्षा चाहिँ कसले लियो डक्टरसाप ।

श्रेष्ठ ( शिक्षा हामीलाई परेन जस्तो छ सर ।

प्रसाईं ( शिक्षा हाम्रा हजुरबुबाले राखे होलान् ।

श्रेष्ठ ( सायद राखे होलान् शिक्षा

प्रसाईं( किनभने मलाई यसपाली एफिलिएसन पनि दिनुपर्नेछ कि हजुरबुबाले । सबै कुरा सकिएको छ । काठमाडौं युनिभर्सिटी एफिलिएसन दिएको छ । संख्या मात्रै तोकिदिएको छैन । त्यो त नारायणकाजीको मान्छे हो नि त गिरि । त्यहाँबाट पैसा उठाएर लगेर नारायणकाजीलाई बुझाउने मान्छे हो क्या त्यो १ ल यसो गर्नुस् त ।।।

श्रेष्ठ ( निश्चिन्त हुनुस् काम मिलेर गर्ने हो, तपाईं म ।

प्रसाईं ( एकछिन एकछिन । यहाँ सुन्नुस् । भोलि केपी ओली झापा आउँदै हुनुहुन्छ २ गते । आज त छुट्टी भइगयो । म भोलि बेलुका हजुरबुबासँगै काठमाडौं आउँछु । भोलि बेलुका भेटुँला । तपाईंको ग्यारेन्टी गर्नुस् । अब तपाईंलाई मैले गर्ने सहयोग गर्छु । तपाईंले जुन भन्नुभयो नि दुई, म आएर गरौंला । तर अलिकति टाइम लाग्छ है । पैसा मिलाएर निकाल्नुपर्छ । त्यत्तिकै हचुवामा निक्लिँदैन । अहिले त बैंकले जम्मै सिस्टम खोज्छ । त्यति सजिलो हुँदैन । भकभक बाकसमा पैसा ल्याएर गाह्रो छ । कुरो बुझ्नुभयो के रु त्यो कसैले पनि दिन सक्दैन आजको आजै पैसा । नेपालमा कसैले सक्दैन ।

श्रेष्ठ( त्यै त ।

प्रसाईं ( हिजो पुस मसान्त । हिजो ब्याज बुझाइयो ।

श्रेष्ठ ( हजुरलाई नि साह्रै गाह्रो छ होला है विचरा ।

प्रसाईं ( गाह्रो छ नि १ मैले त हिजो पुस मसान्त ब्याज बुझाए । मेरो स्वास्थ्य बीमाको पैसा १४र १५ करोड पैसा अझै दिएन स्वास्थ्य बीमाले अढाइ वर्षदेखि ।

श्रेष्ठ ( बीमा पनि १२ अर्बको लगानी हुँदो रहेछ नेपालमा । बीमा पनि सबैतिर लागु गर्नुपर्नेछ ।

प्रसाईं( बीमा कसरी लागु गर्ने म भनिदिन्छु हैन । तपाईंले एउटा कुरा के ग्यारेन्टी गर्नुस् भने म २ करोड दिने भए तपाईंलाई । यो पैसा पनि तपाईंले उही रवीलाई पनि बुझाउनुपर्ला नि त हैन रु भोलि पर्सी ।

श्रेष्ठ ( अँ । मैले रवीसरलाई भन्दा पनि रवि सर देखा पर्नुभएको छैन ।बाहिरको दुई तीन जना साथीहरू हुनुहुन्छ । उहाँहरूलाई दिने हो । पार्टीलाई जान्छ भनेका छन् के रे ।

प्रसाईं ( पार्टीमा पनि सबै कमाउनेकै हुन् नि भाइ ।

श्रेष्ठ ( कसरी गर्छन् थाहा छैन । पार्टीमा जान्छ कि जान्न त्यो पनि मलाई थाहा छैन । सोधेकै छैन के । पार्टी कमजोर छ । सुरुवाती क्षण पनि छ । साह्रै गाह्रो छ भन्या छन् ।

प्रसाईं( ल सर म भोलिबेलुका नभए पर्सी आउँछु अनि दाजुभाइ भेटुँला नि त । तपाईंले ग्यारेन्टी गर्नुस् म दिन्छु भनेर । तर मलाई अलिकति टाइम चाहियो भन्नुस् ।

श्रेष्ठ ( अँ हुन्छ। म त्यै कुरा गर्छु सर । हजुर भोलि आउनुहन्छ बेलुका रु

प्रसाईं ( अँ म भोलि बेलुका । हजुरबुबा आउने भएर बस्नुपर्‍छ कि । अनि म भोलि आउँछु । है डक्टरसाप ।

श्रेष्ठ ( ल तपाईं म सबै के के गर्नुपर्छ सल्लाहले ।

प्रसाईं( मैले तपाईंले एउटा कुरो के ग्यारेन्टी गरे भने दूई करोड दिने ग्यारेन्टी गरेँ । तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु । म आएर मिलाइदिन्छु । त्यसमा पीर नगर्नुस् उनीहरूसँग टाइम माग्नुस । म दिन्छु भनेर भन्नुस् सकियो कुरा । तपाईं र म एक ठाउँमा भेट्नुपर्छ । भेटिराख्नु पनि पर्दैन । फोन गर्नु नि पर्दैन । तपाईंलाई म जति भिडेको छु नि स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ । दुई करोडको म ग्यारेन्टी दिन्छु । तपाईं पीर नगर्नुस् अघि बढ्नुस् है । अनि तोशिमाले फेरि लडाइँ त गर्दिनन् नि रु तोसिमा कार्कीले तपाईंसँग रु

श्रेष्ठ ( गर्दिनन्, गर्दिनन् । केही समस्या छैन । त्यै टीमले गरेपछि सकियो । रवि सरलाई म्यान्डेट दिएका छौं । उहाँले जसलाई राख्नुभयो भयो । ।

प्रसाईं ( फेरि तोसिमाले पैसा निकाल्न पनि सक्दैनन् । तोसिमाले पैसाको कुरा गर्न पनि सक्दैनन् किन भन्नु न गोविन्द केसीको मान्छे भन्छन् । उसले कहीँ कुरै गर्न मिल्दैन । उसँग डराउँछन् ।

श्रेष्ठ( तिनी मन्त्री भइन् भने पनि काम पनि छैन । केही छैन ।

प्रसाईं ( हस् १ हस् भाइ १ हस् डक्टरसाप ।

श्रेष्ठ ( हस् नमस्कार ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका विभिन्न स्थानमा  बदली

मन्त्रिपरिषद् बैठक सुरु

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक