काठमाडौं । सरकारले १५ औं राष्ट्रिय कर दिवसका अवसरमा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । मंगलबार आन्तरिक राजस्व विभागले १९ विधामा करदातालाई सम्मान गरेको हो ।
यसबाहेक विभागले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान समेत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज करदाताहरूलाई प्रमाणपत्रसहित सम्मान गरे ।
कार्यक्रममा उनले यस प्रकारको सम्मानले कर तिर्न प्रतिस्पर्धा बढाउने विश्वास व्यक्त गरे । करदातालाई प्रोत्साहन गर्न र कर प्रशासन सुधारमा यस वर्ष सरकारले व्यापक कार्यक्रम ल्याएको भन्दै त्यसबाट लाभ उठाउन समेत उनले आग्रह गरे । यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा राजबहादुर शााह पुरस्कृत भए ।
निकायतर्फ आयकर बढी तिर्नेमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । सरकारले हरेक वर्ष बढी कर तिर्ने करदातालाई राष्ट्रिय कर दिवसको अवसर पारेर सम्मान गर्दै आएको छ ।


