काठमाडौं । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक जोर्गे जेससले विभिन्न अन्तर्वार्तामा दिएका विवादास्पद अभिव्यक्तिप्रति पोर्चुगिज फुटबल महासंघ (एफपीएफ) ले गम्भीर असन्तुष्टि जनाएको छ।
प्रशिक्षक जेससको बोली र शैलीले पोर्चुगलको अपेक्षित छवि र मर्यादाको प्रतिनिधित्व नगरेको महासंघको ठहर छ।
विशेष गरी पूर्वकप्तान क्रिस्टियानो रोनाल्डोसँग जोडिएका विषयमा जेससले दिएका टिप्पणीहरूलाई महासंघले निकै संवेदनशील रूपमा लिएको छ।
हालै डेनमार्कसँग ४–१ को लज्जास्पद हार व्यहोरेपछि रोनाल्डोको अभाव खड्किएको छ कि छैन भन्ने प्रश्नमा जेससले “उनी अब राष्ट्रिय टोलीमा छैनन्, त्यसैले मलाई केको अभाव खड्किनु? केवल साथ दिनका लागि मात्र उनको अभाव हुन सक्छ” भन्ने व्यङ्ग्यात्मक जवाफ दिएका थिए। यसअघि पनि रोनाल्डोको सन्न्यास र विवादबारे उनले दिएका अभिव्यक्तिले पोर्चुगिज फुटबल वृत्तमा ठूलो तरङ्ग सिर्जना गरेको थियो।


