शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघ विजयी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघ विजयी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ)लाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिएको थियो ।

जम्मा २ हजार ६७९ मत खसेकोमा सभापतिमा विजयी विष्टले ८४१ मत पाएका छन् । विष्टका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जीसीले ६७२ मत पाए । ६३७ मतसहित अखिल क्रान्तिकारीका वीरेन्द्र मगर (मदन) तेस्रो हुँदा नेविसंघका आधिकारिक उम्मेदवार युवराज लामा (थिङ) ३४६ मतसहित चौथो स्थानमा रहे ।

सभापति पदमा ६ जना प्रतिस्पर्धामा थिए । सभापतिका अन्य उम्मेदवार सन्तोष महर्जनले ८६ र अनिष महर्जनले ३३ मत पाए । लामाको प्यानलबाट कोषाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका रोहित कपालीले सभापति पदमा सुशील विष्ट र अखिल क्रान्तिकारीका दुई सदस्यबाहेक अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार विजयी भएको जानकारी दिए । उनका अनुसार सचिव पदमा अनेरास्ववियुका अविनाश भण्डारी ९८३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अशोक दुलालले ६५७ र नेविसंघका रुपक न्यौपानेले ६२० मत पाएका छन् ।

कोषाध्यक्ष पदमा पनि अनेरास्वयुविकै तिलक बहादुर कुमाल लोकप्रिय मतसहित विजयी भएका छन् । कुमालले १ हजार २४९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका रोहित कपालीले ७१२ मत पाएका छन् । दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी भएका छन् ।

पाटन क्याम्पसमा चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन चैत २५ गते भएको थियो । चैत ५ गतेको चुनावको लागि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सुशील विष्टलाई सभापतिको उम्मेदवारको टिकट दिएपछि विष्टले उम्मेदवारी दर्ता गराएका थिए । तर उक्त दिनको चुनाव स्थगित भएर २५ गते सरेपछि अध्यक्ष शेर्पाले युवराज लामालाई टिकट दिएपछि असन्तुष्ट विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

अध्यक्ष शेर्पाले नेविसंघका दुई जनालाई स्ववियु सभापति उम्मेदवारको टिकट दिएपछि आधिकारिकताको विवादसमेत भएको थियो । सभापतिमा विजयी भएका विष्टलाई लामाले सामाजिक सन्जाल फेसबुकमार्फत् बधाई दिएका छन् ।

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

२ घण्टा अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक