काठमाडौ । तिर्थमान महर्जन, रबिन्द्र महर्जनले संयुक्त निर्माण गरिएको नेपालभाषाको म्यूजिक भिडियो जितः जक सार्वजनिक भएको छ ।
संगीतकार शिव शाही, बरिष्ठ गायक संगितकार सुमन कपाली र गायिका रत्नशोभा महर्जनको सुमधुर स्वर रहेको छ ।
यस म्यूजिक भिडियोको संगीत संयोजन बरिष्ठ संगीतकार शिव शाहीले गर्नु भएको छ ।
तिर्थमान महर्जनको रचनामा म्यूजिक भिडियो निर्माण भएको २० औं तथा उनको रचना ४२ गीत लेखन रहेको यस जितः जक म्यूजिक भिडियो उत्कृष्ट बनेको छ । यस म्यूजिक भिडियोको निर्देशक रविता बके, राजेन्द्र डंगोलको छायांकन तथा सम्पादन रहेको छ ।
साथै कलाकारकार रुपमा रबिन्द्र महर्जन, रबिता बके, मचाकाजी महर्जन, सविता प्रजापति, सुनिता महर्जन, सविना श्रेष्ठ, गिता शाक्य तथा म्यूजिक भिडियोको कल्पना तथा गीत रचना व अभिनय समेत तिर्थमान महर्जनको समेत सुन्दर रहेको छ ।


