आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

धारणा न्यूज by धारणा न्यूज
२९ मिनेट अगाडि
0
नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेवारहरूको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूको आयोजनामा देय् दबूको केन्द्रीय कार्यालय भचतगिं, चःमति, काठमाडौंमा नेपाल संवत ११४७ को न्हूदँको अवसरमा शुभकामना आदानप्रदान तथा देय् दबूको स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ। नेपाल संवत ११४६ कौलागा त्रयोदशी शनिबार, कार्तिक २१ गते नेवाः देय् दबूकी केन्द्रीय अध्यक्ष रश्मिला प्रजापतिको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो।



प्रमुख अतिथि मुख्यमन्त्री थापामगरले सुकुन्दामा दीप प्रज्वलन गरी तथा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाःको तस्बिरमा पुष्पहार अर्पण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै देय् दबूकी केन्द्रीय अध्यक्ष एवं कार्यक्रमकी सभापति रश्मिला प्रजापतिले नेवाः देय् दबू नेवारहरूको साझा राष्ट्रिय संगठन भएको र यसले नेवारहरूको प्रतिनिधित्व गर्ने संस्था भएको बताउनुभयो। त्यस्तै, उहाँले बागमती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिएसँगै अब गर्नुपर्ने कामहरूको लागि बागमती प्रदेश सरकारसँग मिलेर नेवाः देय् दबू अगाडि बढ्न तयार रहेको कुरा व्यक्त गर्नुभयो।

प्रमुख अतिथि मुख्यमन्त्री थापामगर, संरक्षकहरू नरेशकुमार ताम्राकार, पवित्र बज्राचार्य, सल्लाहकार तथा संघीय सांसद कुलभक्त शाक्य र देय् दबूकी अध्यक्ष रश्मिला प्रजापतिले संयुक्त रूपमा स्मारिका विमोचन गर्नुभएको थियो। नेवाः देय् दबू ३२ वर्ष पूरा भएको अवसरका साथै मोहनी नखः, स्वन्ति नखः र नेपाल संवत ११४७ न्हूदँको अवसरमा उक्त स्मारिका प्रकाशन गरिएको हो। नयाँ कार्यसमिति आएपछिको ६ महिनाभित्र यो पहिलो स्मारिका प्रकाशित भएको हो।

कार्यक्रममा नेवाः देय् दबूका संरक्षकद्वय नरेशकुमार ताम्राकार, पवित्र बज्राचार्य, देय् दबूका सल्लाहकार तथा संघीय सांसद कुलभक्त शाक्य, विश्व नेवाः दबू केन्द्रका कार्यवाहक अध्यक्ष समिर महर्जनले नेपाल संवतको महत्त्व, स्वन्ति पर्व र नेवारहरूले गर्नुपर्ने काम तथा नेवाः देय् दबूको तर्फबाट नेवारहरूको हितका निम्ति आवश्यक पर्ने कार्यहरू गर्दै अगाडि बढ्न सक्नुपर्ने कामना गर्दै नेपाल संवत ११४७ न्हूदँ र स्वन्ति पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा मनोनयन पत्र लिन बाँकी रहेका सल्लाहकारहरू प्राज्ञ प्रतिसरा साय्‌मि, सुरकृष्ण वैद्य र निरञ्जनरत्न शाक्यलाई प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले पत्र हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा सल्लाहकारहरू डा. पुष्पराज राजकर्णीकार, डा. मुक्ति प्रधान, लोककवि राजभाई जकःमि तथा नेवाः देय् दबूका केन्द्रीय पदाधिकारी एवं केन्द्रीय सदस्यहरू, स्वनिगः विशेष प्रदेशका पदाधिकारी, नेवाः देय् दबूका विषयगत समितिका नेतृत्वकर्ताहरू, जातीय समाजका प्रतिनिधिहरू, देय् दबूका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका पदाधिकारीहरू तथा उपत्यकाका विभिन्न पालिकाका नेतृत्वकर्ताहरूको पनि उपस्थिति रहेको थियो।

नेवाः देय् दबूका महासचिव श्रीकृष्ण महर्जनले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा देय् दबूका वरिष्ठ उपाध्यक्ष सत्यनारायण डंगोलले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

२ घण्टा अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

खस्क्यो डलरको साम्राज्य

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक