आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

धारणा न्यूज by धारणा न्यूज
१८ मिनेट अगाडि
Reading Time: 1 min read
0
देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा समूहले आगामी २१–२३ मंसिरमा १५औँ महाधिवेशन गर्ने गरी तयारी तीव्र पारेको छ । महाधिवेशनअघि देउवा समूहले वडा, पालिका र निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशन गरिरहेको छ ।

पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको वेला विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समूहले गत असोजमै १५ महाधिवेशन खुलामञ्चमा गरिसकेको छ । थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । देउवापक्षले पनि समानान्तर महाधिवेशन खुलामञ्चमै गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । थापा नेतृत्वको कार्यसमितिको वैधानिकतामाथि देउवापक्षले प्रश्न उठाएको छ ।

देउवापक्षीय नेता दीपक कुइँकेदका अनुसार हालसम्म करिब ६ हजार सात सय वडा, ६५० पालिकामा अधिवेशन सम्पन्न भएको छ । २६४ प्रदेश सभा निर्वाचन क्षेत्र र १३२ संघीय निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ । काठमाडौंसहित ३९ जिल्लामा अधिवेशन भएको छ । ३३ जिल्लामा कार्यसमिति चयन भएको छ । बाँकीमा अधिवेशन जारी छ ।

तल्ला तहका अधिवेशन सम्पन्न गर्न ढिलाइ भएका ठाउँमा जिल्ला अधिवेशन हुन बाँकी रहेको कुइँकेलले बताए । ‘वडा, पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मात्र जिल्ला अधिवेशन गर्न दिएका छौँ । कहीँ वडा अधिवेशन नभएर, कहीँ पालिका अधिवेशन नभएर र कहीँ क्षेत्रीय अधिवेशन नभएर जिल्ला अधिवेशन हुन सकेको छैन । कतिपय जिल्लाहरूले १ मंसिरसम्मको समय मागेको अवस्थामा छ । त्यसैले १–२ मंसिरसम्म जिल्ला अधिवेशन सम्पन्न गर्छौँ,’ उनले भने ।

कुइँकेलले सबै पालिका र क्षेत्रमा अधिवेशन सम्पन्न गरेर मात्र जिल्ला अधिवेशन गर्न दिइएको बताए । जिल्ला, प्रदेश अधिवेशन हुँदै १५औँ महाधिवेशन सम्पन्न गर्ने उनले दाबी गरे । वर्षाका कारण अधिवेशन प्रभावित भएको उनले बताए । ‘वर्षाका कारण कतिपय ठाउँमा अधिवेशन हुन सकेन । २ मंसिरसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य छ । जिल्ला अधिवेशन सम्पन्न भइसकेपछि मात्रै प्रदेश अधिवेशन हुनेछ,’ उनले भने ।

झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जिमी, भोजपुरमा धर्मराज राई, उदयपुरमा वसन्त बस्नेत, र कास्कीमा ऋषिराम काफ्ले, चितवनमा मिलनबाबु श्रेष्ठ, सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत, धनुषामा कोमलकान्त झा, बारामा राजेश राय यादव, प्युठानमा देवेन्द्र बर्मा, कपिलवस्तुमा राजेशबहादुर सिंह, पर्वतमा यमबहादुर मल्ल, म्याग्दीमा हिराबहादुर पुन सभापति बनेका छन् ।

डोल्पामा देउप्रसाद बुढा, हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, कालिकोटमा नगेन्द्र विष्ट, डोटीमा बाजीसिंह खड्का, बझाङमा हर्कजंगबहादुर सिंह, बैतडीमा वीरबहादुर विष्ट, रुकुम पश्चिममा नन्दबहादुर विष्ट निर्वाचित भएका छन् । दाङमा गोपालराज शर्मा, रोल्पामा मानबहादुर खत्री, दैलेखमा दिनेशकुमार हमाल, दार्चुलामा सुरेन्द्र अवस्थी, सल्यानमा दीपक चन्द सभापति बनेका छन् ।

‘जिल्ला अधिवेशन सम्पन्न भएपछि मात्रै प्रदेश अधिवेशन हुन्छ । त्यसकारण मंसिर १–२ गतेसम्म जिल्ला अधिवेशन सम्पन्न भयो भने मंसिर ४ को प्रदेश अधिवेशन गर्न समस्या हुँदैन,’ उनले भने । महाधिवेशनअघि आगामी ४ मंसिरमा प्रदेश अधिवेशन गर्ने देउवापक्षको १५औँ महाधिवेशन कार्यतालिका छ ।

संस्थापनबाट फर्कनेलाई भेदभाव नगर्ने 
देउवा समूहले गगन थापा नेतृत्वको कार्यसमितिले गरेको महाधिवेशनमा सहभागी भएका नेता तथा कार्यकर्ता गल्ती स्विकारेर फर्किए समेटेर जाने बताएको छ । ‘नेता तथा कार्यकर्ता यताउता हुन अनौँठो होइन । हामीले १४औँ महाधिवेशनको निरन्तरतामा १५औँ महाधिवेशन गर्दै छौँ । उता (गगन पक्ष) लाग्नु गलत भएछ भनेर फर्किनेलाई समेटेर जान्छौँ । उपयुक्त साथीहरूलाई उपयुक्त स्थान दिँदै व्यवस्थान गरेर जानुपर्छ । आग्रह, पूर्वाग्रह राख्न जरुरी छैन । हिजो को कहाँ थियो भन्ने हामी हेर्दैनौँ,’ कुइँकेलले भने ।

१४औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवाले राजीनामा नदिएको र अविश्वासको प्रस्तावबाट पनि हटाइएकाले आधिकारिक कांग्रेस आफूहरू नै रहेको उनले दाबी गरे । ‘सभापतिबाट देउवालाई कसैले हटाएको छैन, उहाँले राजनीतिमा पनि दिनुभएको छैन । सभापतिबाट हट्न कि अविश्वासको प्रस्ताव पारित हुनुपर्छ कि राजीनामा दिनुपर्छ । कानुनी राज्यमा त्यत्तिकै सभापति हट्ने कुरा हुँदैन ।’ उनले समयमै समेटिन नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे । अधिवेशनहरू भइरहेका छन् । अधिवेशनबाट तहगत कार्यसमितिमा नेताहरू जोडिँदै आउनुहुन्छ । त्यस्तो अवस्थामा वैकल्पिक बाटोबाट आउनुपर्ने हुन्छ । त्यसैले समयमै जोडिन हामीले आग्रह गरेका छौँ,’ कुइँकेलले भने ।

खुलामञ्चमै महाधिवेशन
विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिले महाधिवेशन गरेकै स्थान खुलामञ्चमा देउवापक्षले महाधिवेशन गर्ने भएको छ । खुलामञ्च, राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा १५औँ महाधिवेशन सम्पन्न गरिने कुइँकेलले बताए । महानगरले महाधिवेशनका लागि अनुमति दिइसकेको उनले जानकारी दिए । महाधिवेशन उद्घाटन र बन्दसत्र खुलामञ्चमा हुनेछ । मतदानका लागि सभागृह र खानाका लागि भृकुटीमण्डपको बगैँचा प्रयोग गर्न बुक गरिएको छ । पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको महाधिवेशन तयारी समितिले आवश्यक सबै काम अघि बढाएको छ । परम्पराअनुसार राजनीतिक दलका शीर्ष नेताहरूलाई अतिथिको रूपमा आमन्त्रण गरिने उनले बताए । गगन थापा नेतृत्वको कांग्रेसलाई आफूहरूले नचिन्ने उनले स्पष्ट पारे ।

महामन्त्रीबाट कारबाही गरेका तत्कालीन महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरबाहेक अन्य केन्द्रीय सदस्य महाधिवेशन आयोजकको रूपमा सहभागी हुन सक्ने कुइँकेलले बताए ।

देउवाको प्रश्न– १८ करोड दिएर पार्टी किन्ने ?
कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले आधिकारिकता विवादमा आर्थिक लेनदेन भएको दाबी गरेका छन् । १४औँ महाधिवेशनबाट निर्वाचित देउवा समूहको काठमाडौं जिल्ला अधिवेशन शनिबार उद्घाटन गर्दै देउवाले इनम सापकोटाको विषय उल्लेख गर्दै १८ करोड दिएर पार्टी किन्ने भन्ने प्रश्न गरे ।

‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले मेरो ज्यानको खतरा भएको छ भनेको मैले समाचारमा पढेको थिएँ । तर, ठुल्ठुला कुरा गर्नेहरू १८ करोड दिएर पार्टी किन्ने ? अब पैसामा पार्टी बेच्ने हामीले ? इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ? कुरा स्पष्ट छ त,’ देउवाले भने ।

१४औँ महाधिवेशनबाट निर्वाचित सभापति आफूले महाधिवेशन नगराएकाले सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् । नियमित महाधिवेशन छिटो गरौँ भन्दा आफू विदेश भएको वेला अवैधानिक रूपमा विशेष महाधिवेशन गरिएको उनले दाबी गरे । उनले आफू सभापति रहेको र महाधिवेशन नगराएकाले अदालत जानुपरेको बताए ।

‘मैले गगनजीलाई नियमित महाधिवेशन छिटो गरौँ । जे हुन्छ सल्लाह गरौँ भनेको थिएँ । म विदेश गएको वेलामा उहाँहरूले महाधिवेशन सुरु गर्नुभयो । म पार्टी सभापति छु, मैले महाधिवेशन गराएको छैन । त्यसकारण हामी अदालत जानुपरेको हो,’ उनले भने ।

ज्ञानेन्द्र शाहको शासनकालमा पनि अदालतले हिम्मत देखाएर निष्पक्ष न्याय दिएको भन्दै उनले आफूले न्याय पाउने विश्वास लिएको बताए ।

‘मलाई विश्वास छ, अहिले पनि अदालतले निष्पक्ष न्याय दिनेछ र हाम्रो पक्षमा फैसला आउनेछ । अदालतको निर्णयपछि अरू कुरा गरौँला । बिपी कोइरालाका छोरा, गणेशमानजीका छोरा, महेन्द्रनारायण निधिका छोराहरूले आफ्नो अधिकार खोज्नुभएको होँ,’ देउवाले भने ।

उनले अब आफू सभापतिको चुनाव नलड्ने पनि बताए । ‘म सम्मानजनक रूपमा बिदा लिन चाहन्छु, मलाई कुनै लोभ छैन । मेरो उमेर र अन्य कारणले पनि,’ देउवाले भने ।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक