शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद

धारणा न्यूज by धारणा न्यूज
२४ मिनेट अगाडि
Reading Time: 1 min read
0
परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका सचिव शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद, सहकार्य र शान्तिलाई प्राथमिकता दिनुपर्ने जनाएका छन् ।

एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभालाई दक्षिण कोरियाको सोलमा सम्बोधन गर्दै सचिव राईले राजनीतिक विचार, संस्कृति र राष्ट्रिय पृष्ठभूमि फरक भए पनि विश्वका सबै राष्ट्रको साझा चाहना शान्तिपूर्ण जीवन र उज्ज्वल भविष्य रहेको जनाए ।

नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै उनले प्रत्येक राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय समस्याको समाधान द्वन्द्वबाट नभई संवादका माध्यमबाट खोजिनुपर्ने उनको धारणा थियो ।

नेपाल दुई ठूला छिमेकी राष्ट्र भारत र चीनको बीचमा रहेको उल्लेख गर्दै राईले दुवै देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले महत्त्व दिएको जनाए । नेपालको भौगोलिक अवस्थिति राष्ट्रहरूलाई विभाजित गर्ने नभई जोड्ने माध्यम बन्नुपर्ने उनको धारणा थियो ।

अन्तर्राष्ट्रिय सम्बन्धले आम जनताको जीवनमा प्रत्यक्ष लाभ पुर्‍याउनुपर्ने जनाउँदै उनले युवालाई रोजगारी, व्यवसायीलाई अवसर, विद्यार्थीलाई शिक्षा तथा प्रविधि र श्रमिकलाई सुरक्षा एवम् सम्मान आवश्यक रहेको उल्लेख गरे ।

नेपालको जलविद्युत् तथा स्वच्छ ऊर्जाको सम्भावना उपयोग गर्न अन्तर्राष्ट्रिय लगानी र प्रविधिको स्वागत गरिने पनि उनले जनाए ।

विदेशमा कार्यरत लाखौँ नेपाली श्रमिकको योगदानको प्रशंसा गर्दै राईले उनीहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनले नेपालमा निम्त्याएको गम्भीर जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

भोटेकोशी क्षेत्रलगायत नेपालका विभिन्न स्थानमा हालै भएका विनाशकारी बाढीले जनधन, जीविकोपार्जन र जनजीवनमा ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनमा न्यून योगदान गर्ने मुलुकका नागरिकले सबैभन्दा बढी पीडा भोग्नुपर्ने अवस्था न्यायोचित नभएको जनाए ।

नेपाललाई सहानुभूतिभन्दा पनि व्यावहारिक सहयोग, प्रविधि, लगानी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको धारणा थियो । जलवायु परिवर्तन कुनै एक देशको मात्र समस्या नभई विश्वकै साझा जिम्मेवारी भएको उनले स्पष्ट पारे ।

राजनीतिक विश्वास फरक भए पनि संवादको ढोका बन्द गर्न नहुने बताउँदै राईले टकरावको सट्टा संवाद, विभाजनको सट्टा सहकार्य र द्वन्द्वको सट्टा शान्तिको बाटो रोज्न विश्व समुदायलाई आग्रह गरे ।

उनले विश्वका नागरिकका भाषा, झण्डा र जीवनशैली फरक भए पनि मानवता, शान्ति र समृद्धिको चाहना समान रहेको उल्लेख गर्दै भावी पुस्ताका लागि विश्वलाई अझ राम्रो र बसोबासयोग्य स्थान बनाउन सबैले साझा प्रयास गर्नुपर्ने जनाए ।

राईले इतिहासले विभाजनका भिन्नताभन्दा पनि मानवजातिले निर्माण गरेको विश्वास, संरक्षण गरेको शान्ति र सामूहिक रूपमा सिर्जना गरेको भविष्यलाई सम्झिनुपर्ने धारणा व्यक्त गरे।

यो पनि पढ्नुहोस्

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

३३ मिनेट अगाडि
आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

३७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक