काठमाडौं। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुनको असर्फीको सकिएको छ ।
बुधबारदेखि सुनको असर्फी बिक्री गरेको नेपाल राष्ट्र बैंकले स्टक सकिएसँगै चाँदीको सिक्काको मात्रै मूल्य निर्धारण गरेको हो ।
आजका लागि १० ग्रामको चाँदीको सिक्काको मूल्य ३७ सय रुपैयाँ तोकिएको छ ।
बुधबार र बिहीबार भने सुनको असर्फीको मूल्य तोकिएको थियो ।


