मङ्ल, कार्तिक १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वैदिक विश्वविद्यालय स्थापना कार्यान्वयनमा लैजानुपर्नेमा जोड

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन

University campus building.Higher education institutions.Academy education center University high school.Vector flat illustration.

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ ।

श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३ आयोजना गर्न लागिएको आइतबार यहाँ आयोजित कार्यक्रममा जानकारी गराइयो । कार्यक्रमका वक्ताले वैदिक मन्त्र द्रष्टा ऋषिमुनिको तपस्थली नेपालमा वैदिक विश्वविद्यालय स्थापना गर्नु आवश्यक रहेकामा जोड दिएका हुन् ।

महायज्ञ सम्पादन मूल समिति, आयोजना गरेको कार्यक्रममा सांसद सुशील खड्काले राष्ट्रको जग संस्कृति र त्यसको मूल सनातन परम्परा भएकाले यसको पुनर्जागरणका लागि वैदिक विश्वविद्यालयको आवश्यकता रहेकामा जोड दिए । वैदिक विश्वविद्यालय अन्य विश्वविद्यालयभन्दा विशिष्टीकृत हुने उनको भनाइ थियो ।

वैदिक विश्वविद्यालयका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)ले वैदिक ज्ञानका सवालमा नेपाल विश्वकै गुरु देश बन्न सक्ने प्रशस्त आधार रहेकाले नेपालमा वैदिक विश्वविद्यालय आवश्यक भएकैले स्थापनाको सङ्कल्प गरिएको जानकारी दिए ।

विश्वविद्यालय स्थापनाका लागि नवलपरासीको गैँडाकोटमा आनन्दराज भण्डारीले रु एक करोडबराबरको जग्गा दान गर्नुभएको भन्दै स्वामी कमलनयानाचार्यले सम्मान गरेका थिए । महायज्ञ सम्पन्न गर्न १००८ सदस्यीय समिति गठन गरिएको जानकारी दिनुहुँदै उहाँले ५१ जनाको सचिवालयले निरन्तर काम गरिररहेको बताए ।

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले वेदको शिक्षा दिन वैदिक विश्वविद्यालय आवश्यक रहेको बताए । वैदिक विश्वविद्यालयले सबैलाई सकारात्मक सोचतिर अभिप्रेरित गर्ने पनि उनको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव गणेशप्रसाद पाण्डेयले अध्यात्मको प्रवर्द्धनमा वैदिक विश्वविद्यालय उपयुक्त माध्यम हुने विचार राखे । ऋषिमुनिको तपोभूमिको महत्वलाई स्थापित गर्न पनि वैदिक विश्वविद्यालय आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा वाग्मती सफाइ अभियानकर्मी डा माला खरेल, चलचित्र निर्माता एवं वाग्मती सफाइ अभियानकर्मी चक्रबहादुर चन्द, गायत्री परिवारका अध्यक्ष सावित्री काफ्ले, इन्जिनियर ईश्वरलाल जोशीलगायतले नेपालको प्राचीन, ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई विश्वभर फैलाउन पनि वैदिक विश्वविद्यालय अत्यावश्यक रहेकामा जोड दिएका थिए ।

यो पनि पढ्नुहोस्

एनप्याब्सन निलम्बन

एनप्याब्सन निलम्बन

४ दिन अगाडि
नेपाल शिक्षक महासंघले विचौलियाको भूमिका खेल्दा आन्दोलन तुहियोः अध्यक्ष विष्णु खत्री

नेपाल शिक्षक महासंघले विचौलियाको भूमिका खेल्दा आन्दोलन तुहियोः अध्यक्ष विष्णु खत्री

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमिताभ बच्चन र समर्थकहरुबीच भेटघाट

पुराना मधेशी दलप्रति जनताको भरोसा कमजोर

साजन डंगोलकाे दाेश्राे दुर्लभ विश्व कीर्तिमान

बर्दीको मर्यादा, आर्थिक अनुशासन र नागरिक सेवामा सम्झौता हुँदैन : एसएसपी काफ्ले

सोलुखुम्बुमा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक