शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संसदमा विचाराधीन टीआरसी लगायतका विधेयकबारे प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संवाद भएको छ ।

सभामुख देवराज घिमिरेले शनिबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएका थिए ।

‘नेताहरुको बीचमा आपपसमा बसेर सामूहिक विषयमा कुराकानी नभइरहेको परिस्थिति थियो, उहाँहरुको बीचमा कुराकानी गराउन पहल गरेको हुँ’, सभामुख घिमिरेले भनेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा संसदमा विचाराधीन विधेयकलाई अगाडि बढाउन सकारात्मक कुराकानी भएको नेताहरुले बताएका छन् ।

भेटपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘सदनभित्रको टीआरसी, संवैधानिक परिषद र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिटो टुंग्याउन जरुरी छ भन्ने कुरामा गम्भीर छलफल भयो ।’ सहमति बनाउने भन्नेमा सैद्धान्तिक रुपमा सहमत भए पनि कानुनी र प्रविधिक पक्ष पनि रहेको उनले बताए ।

संसदको कार्यसञ्चालन नियमावली पास भइसकेकाले त्यसअनुसार समिति बनाउनुपर्ने भन्दै उनले भने, ‘केही एक्पर्ट साथीहरु समेत बसेर टुंग्याउने भन्ने भएको छ ।’ टीआरसी विधेयक संसदीय समितिमा जान्छ कि संसदबाटै टुंगिन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘हामी सरकारमा हुनेहरुको कुरा फास्ट ट्र्याकबाट फुल हाउसबाटै गरौं भन्नेछ ।

प्रतिपक्षको कुरा समितिमा लगेर गरौं भन्ने छ ।’ विशेष समिति बनाएर मध्यमार्गी बाटो खोज्ने सम्भावना पनि रहेको उनले सुनाए ।

छलफलपछि एमाले अध्यक्ष ओलीले पनि सदनलाई कसरी प्रभावकरी ढंगले अगाडि बढाउने र अहिले देखिएका समस्याहरु कसरी समाधान गर्ने भनेर सकारात्मक छलफल भएको बताए । टीआरसी विधेयकबारे पनि कुराकानी भएको भन्दै उनले भने, ‘फास्ट ट्याक चाहिं कति गर्न मिल्छ मिल्दैन फेरि बसेर छलफल गर्छौं ।’ यद्यपि कुनै न कुनै हिसाबले समितिमा जाने उनले बताए । नेताहरुका अनुसार अर्को बैठक २८ गते बिहान साढे ९ बस्ने तय भएको छ ।

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

१ घण्टा अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक