बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्डको बलात्कारको आरोप

धारणा न्यूज by धारणा न्यूज
२९ मिनेट अगाडि
Reading Time: 1 min read
0
एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकी मध्यावधि निर्वाचन आउन ठीक एक साता बाँकी रहँदा अमेरिकी प्रतिनिधि सभाका डेमोक्र्याटिक सांसदहरूले जेफ्री एपस्टिनसँग राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्धबारे छानबिन गरी एक प्रतिवेदन सार्वजनिक गरेका छन्। उक्त प्रतिवेदनमा पूर्व मिस स्विट्जरल्यान्ड तथा पूर्व मोडल बीट्रिस कुलले सन् १९९३ मा न्युयोर्कस्थित प्लाजा होटलमा ट्रम्पले आफूमाथि जबर्जस्ती बलात्कार गरेको गम्भीर आरोप लगाएकी छन्।

हाउस जुडिसियरी कमिटीले तयार पारेको यस प्रतिवेदनमा बीट्रिस कुलका साथै अन्य चार महिलाहरूले ट्रम्पमाथि लगाएका यौन हिंसा र दुर्व्यवहारका पुराना तथा नयाँ आरोपहरूलाई समेत समावेश गरिएको छ।

सुन्दरी प्रतियोगिताकी पूर्व प्रतिस्पर्धी २४ वर्षीया बीट्रिस कुल स्विट्जरल्यान्डको जुरिखबाट न्युयोर्कमा आयोजित ‘अमेरिकन ड्रीम पेजेन्ट’ मा सहभागी हुन आएकी थिइन्। उक्त प्रतियोगिता ट्रम्पको साझेदारीमा आयोजना गरिएको थियो र म्यानहटनस्थित प्लाजा होटल पनि त्यतिबेला ट्रम्पकै स्वामित्वमा थियो।

संसदीय समितिसमक्ष कुलले दिएको बयान अनुसार,प्रतियोगिताका क्रममा आयोजित दिवाभोजमा उनको ट्रम्पसँग १५ मिनेट कुराकानी भएको थियो। ट्रम्पले उनलाई अमेरिकी भिसा मिलाइदिने र न्युयोर्क युनिभर्सिटीमा भर्ना गराउन मद्दत गर्ने आश्वासन दिएका थिए। ट्रम्प हिँडेपछि एपस्टिनले उनीकहाँ आएर आफू ट्रम्पको उत्तम मित्र भएको परिचय दिँदै पाम बीचस्थित मार-अ-लागोमा हुने पार्टीहरूमा आमन्त्रण गरेका थिए।

सोही दिन पछि ट्रम्पका एक प्रतिनिधिले कुललाई ट्रम्पको सुइटमा बोलाए। आफ्नो करियर र शिक्षाका लागि यो राम्रो अवसर हुने ठानेर उनी माथि गइन्। तर, कोठामा प्रवेश गर्नासाथ ट्रम्पले उनलाई पछाडिबाट समातेर जबर्जस्ती बलात्कार गरे। यस क्रममा उनको पोशाक फाटिएको थियो भने शरीरका विभिन्न भागमा चोट लागेर रक्तस्राव भएको थियो।

बलात्कारपछि ट्रम्पले ओछ्यानमा बसेर पुन: भिसा र पढाइमा मद्दत गर्ने आश्वासन दोहोर्‍याउँदै ‘ द शो मस्ट गो अन’ भनेका थिए। राहदानी खोसिएका कारण उनले प्रतियोगिता पूरा गरेर मात्र स्विट्जरल्यान्ड फर्किन पाएकी थिइन्। त्यसपछि उनले हवाईमा आयोजना गरिएको ट्रम्पको अर्को कार्यक्रम र पछि फोनमा गरिएको भिसाको प्रस्तावलाई अस्वीकार गरिदिइन्।

यसअघि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनभन्दा एक साताअघि कुलले ‘द डेली मेल’ सँग कुरा गर्दै ट्रम्पले आफूलाई जबर्जस्ती चुम्बन गरेको र कपडा फुकाल्ने प्रयास गरेको आरोप लगाएकी थिइन्। तर, अहिले संसदीय समितिसमक्ष उनले उक्त घटना जबर्जस्ती बलात्कार नै भएको स्पष्ट पारेकी छन्।

प्रतिवेदनमा उल्लेख गरिएका अन्य ४ महिलाका आरोपहरू

डेमोक्र्याटहरूले जारी गरेको प्रतिवेदनमा अन्य चार जना महिलाहरूले ट्रम्प र एपस्टिनमाथि लगाएका यौन दुर्व्यवहारका मामलाहरूलाई पनि सङ्ग्रहित गरिएको छ ।

१. स्टेसी विलियम्स : पूर्व स्पोर्ट्स इलस्ट्रेटेड मोडल विलियम्सले सन् १९९३ मा ट्रम्प टावरमा आयोजित एक कार्यक्रममा एपस्टिनकै अगाडि ट्रम्पले आफूलाई अनुचित ढङ्गले छोएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।

२. जिल हार्था : विजनेसवुमन हार्थाले सन् १९९० को दशकको मध्यतिर मार-अ-लागोमा आयोजित एक पार्टीमा ट्रम्पले आफूमाथि यौन हमला र बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन्, जसबारे उनले सन् १९९७ मा मुद्दा हालेर पछि फिर्ता लिएकी थिइन्।

३. केटी जोन्सन ( काल्पनिक नाम): सन् १९९४ मा आफू १३ वर्षको छँदा ट्रम्प र एपस्टिनले मिलेर बलात्कार गरेको दाबी गर्दै उनले एफबीआई (FBI) समक्ष विस्तृत बयान दिएकी थिइन्।

४. जेन डो (काल्पनिक नाम): अल्पवयस्क छँदा १४ वर्षको उमेरमा एपस्टिनले ट्रम्पसँग भेट गराएको र ट्रम्पले यौन शोषण गरेको भन्दै उनले पनि एफबीआईलाई जानकारी गराएकी थिइन्।

उल्लेखनीय छ – सन् २०१९ मा पूर्व पत्रकार ई जीन क्यारोलले पनि सन् १९९० को दशकमा ट्रम्पले न्युयोर्कको डिपार्टमेन्टल स्टोरमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । जसमा सन् २०२३ मा सिभिल जुरीले ट्रम्पलाई यौन दुर्व्यवहारका लागि दोषी ठहर गर्दै क्षतिपूर्ति तिराएको थियो।

ह्वाइट हाउस र राष्ट्रपति ट्रम्पको प्रचार टोलीले प्रतिवेदनमााइएका सम्पूर्ण आरोपहरूलाई पूर्ण रूपमा निराधार र झुटा भन्दै खण्डन गरेका छन्।

ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले जारी गरेको विज्ञप्तिमा यी आरोपहरूमध्ये कुनै पनि सत्य नभएको जनाएकी छिन् । राष्ट्रपति ट्रम्पको ऐतिहासिक उपलब्धिहरूका कारण रिपब्लिकन पार्टीको पक्षमा जनलहर बढ्दै गएपछि डेमोक्र्याटहरू अत्तालिएको जनाएकी छिन् ।

‘राष्ट्रपति ट्रम्पले जेफ्री एपस्टिनलाई उनको गलत हर्कतकै कारण उतिबेलै मार-अ-लागो क्लबबाट निकालिसक्नुभएको थियो र एपस्टिनसँग जोडिएका कुनै पनि मामिलामा राष्ट्रपतिलाई पूर्ण रूपमा सफाइ दिइसकिएको छ, ‘ विज्ञप्तिमा भनिएको छ ।

यसअघि ट्रम्पकी प्रेस सचिव क्यारोलिन लिभिटले पनि बीट्रिस कुलको आरोपलाई फजुल भन्दै यस्ता झुटा दाबीहरूले वास्तविक पीडित महिलाहरूको अपमान गर्ने टिप्पणी गरेकी थिइन्। मध्यावधि निर्वाचनको सङ्घारमा सार्वजनिक भएको यो प्रतिवेदनले अमेरिकी राजनीतिमा नयाँ तरङ्ग र राजनीतिक विवाद सिर्जना गरिदिएको छ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

२२ मिनेट अगाडि
‘पाँच पाण्डव’का प्रमुख पात्रलाई रसहस्यमी बनाउँदै आयो ट्रेलर–१

‘पाँच पाण्डव’का प्रमुख पात्रलाई रसहस्यमी बनाउँदै आयो ट्रेलर–१

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक