सोम, कार्तिक १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उम्मेदवार छनोटको प्रक्रिया तल्लो तहका पार्टी सदस्यको मतदानबाट सुरु गरिने

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
उम्मेदवार छनोटको प्रक्रिया तल्लो तहका पार्टी सदस्यको मतदानबाट सुरु गरिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको प्रक्रिया तल्लो तहका पार्टी सदस्यको मतदानबाट सुरु गरिने जनाएका छन्।

स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीको विधानअनुसार डिजिटल मतदानमार्फत उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने र सोही सूचीबाट उम्मेदवार चयन गरिने जानकारी दिएका हुन्।

निर्वाचनको अन्तिम समयमा पहुँच र प्रभावका आधारमा उम्मेदवारीको टिकट दिने वा खोस्ने विगतको अभ्यास अन्त्य गरिने उनको भनाइ छ।

‘पहिलाको जस्तो निर्वाचनको बेलामा दुई दिन, दुई घण्टा अगाडि टिकट लिने, खोस्ने कुनै कुरा हुँदैन,’ थापाले भने, ‘पार्टीको विधानमा व्यवस्था गरेका छौँ। हामीले सबैको सदस्यता अद्यावधिक गरिसकेका छौँ। बाँकीको पनि गर्छौँ।’

उनका अनुसार उम्मेदवार छनोटसम्बन्धी प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै सम्पन्न गर्ने तयारी छ। त्यसका लागि पार्टी सदस्यताको अद्यावधिक कार्य पूरा गरी तल्लो तहका सदस्यको डिजिटल मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिनेछ।

‘उम्मेदवारको प्रारम्भिक काम पुस–माघभित्र गरिसक्छौँ। तलबाट साथीहरूबाट डिजिटल्ली मतदान हुन्छ। साथीहरूले छान्नुहुन्छ, त्यही प्रारम्भिक सूचीबाट नै हामी उम्मेदवार बनाउँछौँ,’ उनले भने।

थापाले निर्वाचन हुनुभन्दा दुईदेखि तीन महिनाअघि नै उम्मेदवार टुंगो लगाएर चुनावी तयारीमा खटाउने योजना रहेको जनाए ।

‘गुमेको मतभन्दा विश्वास फर्काउनु मुख्य चुनौती’

सभापति थापाले काँग्रेसको तत्कालीन प्राथमिकता निर्वाचनमा गुमेको मतको हिसाब गर्नुभन्दा जनतासँग कमजोर बनेको विश्वास पुन:स्थापित गर्नु रहेको जनाएका छन्।

उनले पार्टीप्रति जनतामा बनेको धारणा सुधार्न संगठनका सबै तहका नेता–कार्यकर्ताले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

‘हामीले गुमाएको मत होइन, हामीले गुमाएको विश्वास हो। विश्वासलाई पुन:स्थापित गरेपछि मत विश्वासलाई पछ्याउँदै आउँछ,’ थापाले भने, ‘जनताको विश्वास पुन:स्थापित गर्न सङ्गठनका प्रत्येक सदस्यको मेहनत र पार्टीप्रतिको जनधारणा सुधार दुवै आवश्यक छन्।’

उनले पार्टीको सार्वजनिक छवि र जनविश्वास कमजोर हुनुका आन्तरिक तथा बाह्य कारणको समीक्षा गर्नुपर्ने जनाए । विगतका निर्वाचनमा पराजय भोग्नुपरे पनि काँग्रेसले लोकतान्त्रिक मूल्य-मान्यता, व्यक्तिगत स्वतन्त्रता र शान्ति प्रक्रियाका पक्षमा निरन्तर भूमिका निर्वाह गरेको उनको धारणा थियो।

थापाले मंसिर महिनालाई पार्टी संगठनको जागरण र जनसम्पर्क विस्तारको महिनाका रूपमा उपयोग गर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। उनले अहिलेको आवश्यकता पार्टीभित्रका गतिविधिमा मात्र केन्द्रित हुनु नभई जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नु रहेको जनाए ।

सभापति थापाका अनुसार १२ गते शपथ ग्रहणपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी कार्ययोजना तय गर्नेछ। उनले नयाँ कार्ययोजनामार्फत सङ्गठनलाई प्रभावकारी बनाउँदै जनतासँगको सम्बन्ध सुधार गर्ने र स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित रूपमा अघि बढाउने जनाए ।

यो पनि पढ्नुहोस्

एनपीएलको तेस्रो संस्करण सुरु

एनपीएलको तेस्रो संस्करण सुरु

२ घण्टा अगाडि
सभामुख र अमेरिकी सिनेटरबीच शिष्टाचार

सभामुख र अमेरिकी सिनेटरबीच शिष्टाचार

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी

ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता डा सिल्भा निर्वाचित

एनपीएलको तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु

सभामुख र अमेरिकी सिनेटरबीच शिष्टाचार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक